
नवलपुर । लायन्स क्लव अफ मध्यविन्दु सिटी चोरमाराको दुइदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । गत फागुन १ गतेदेखि फागुन २ गतेसम्म दुइदिने स्वास्थ्य शिविर चलेको थियो ।
लाइन्स क्लब अफ मध्यविन्दु सिटीको आयोजनामा सरस्वती माध्यमिक विद्यालय मैनाघाट मध्यविन्दुको प्रांगण १३ मा दुइदिने हेल्थ शिविर संचालन गरेको थियो । यो शिविरमा आँखा र जनरल हेल्थ सम्मवन्धि सेवा दिएको थियो । सेवा लिनेहरुको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
आजको यो शिविरमा पाठेघर र अन्य समस्या र आँखाको समस्या लिएर आउनेहरूको सँख्या बढी देखिएको थियो यो शिविरमा पहिलो दिन २०० जनाले फाइदा उठाएका थिए भने दोस्रो १५० जनाले आफ्नो स्वास्थ्य परिक्षण गराई नि:शुल्क औषधि पाएका थिए ।
समय-समयमा लगाइने यस्ता हेल्थ क्याप्पले जनताको स्वास्थ्यमा उल्लेखनीय योगदान पुगेको पाइन्छ । आगामी दिनहरूमा पनि विकट गाउँहरुमा यस्ता नि:शुल्क स्वास्थ्य शिविरको संचालनले स्थानीय जनताले लाभ लिन सक्ने छन् ।