२ फाल्गुन २०८१, शुक्रबार

कुमारवर्ती औषधालयको इतिहास र यसले भोगेका समस्याहरु


कुमारवर्ती औषधालय

नवलपुर । कुमारवर्ती औषधालय नेपालको पुरानो इतिहास बोकेको औषधालय हो । यसको स्थापना २०३९ सालमा भएको थियो । तर यसको दर्ता औषधि व्यवस्था विभागले २०४२ सालमा आयुर्वेद र एलोपेथिक विधिवध दर्ता गरेर ग्रामिण भेगका जनताको सेवा दिँदै आएको छ ।

त्यो ताका डाक्टरको अभावमा विषेशज्ञ सरह यस भेगका जनताको सेवा २४ सै घण्टा नसुतेर फार्मेसीहरूले दिने गरेका थियौं भने आज पनि दिंदै आएका छौँ । त्यतिबेला डाक्टरको अभावमा साना ठूला रोगको उपचार गरेर समाजमा यस कमाउने औषधालयको रूपमा कुमारवर्ती औषधालयलाई पनि गन्ने गरेको पाइन्छ ।

यस भेगका केही फार्मेसीका सवैभन्दा ठूलो पिडा भनेको औषधि खरिद गरेर ल्याउनुपर्ने झण्झट थियो । नारायणी नदीमा पुल बन्दै थियो । औषधि लिन डुंगा चढेर ज्यानको बाजी राखेर नदीपारीको बजारमा पुग्नु पर्थ्यो ।

त्यो समयमा नगद औषधि खरिद गरेर उधारो बेच्नुपर्ने सवैभन्दा ठूलो समस्या थियो । पैसाको अभावमा धान चामल लिएर उपचार गरिन्थ्यो । अनुगमन त्यो ताका हुन्नथ्यो । वार्षिक नवीकरण मात्र रू २५०० मा हुन्थ्यो । आज समय परिवर्तन भएको छ ।

हाम्रो उद्धेश्य पैसा मात्र नभई सेवा पनि एक थियो । औषधालय स्थापना भएदेखि यहाँका जनताहरू टाढा-टाढा उपचार गर्न जानुपर्ने समस्या कम थियो । आज समय परिवर्तन भएको छ ।

परिवर्तनसंगै मानव सेवामा लामो समय काम गरेको देखेर राष्ट्रिय अन्तर्राष्ट्रियले समेत हेल्थ अवार्ड दिएर सम्मान यस कुमारवर्ती औषधालयलाई पनि गरेका थिए । आज हिजो भन्दा धेरै समय परिवर्तन भएको छ । जति-जति डाक्टर उत्पादन भए रोग बढ्ने क्रम जारी छ ।

शायद यसको प्रमुख कारण विषादी खाना खानु, स्वास्थ्यप्रति ध्यान कम दिनु पनि हो जस्तो लागेको छ । २०३९ सालतिर दिइने औषधि आज सवै लोपोन्मुख भइसकेका देखिन्छन् ।

१० रुपैंयाको औषधि एक झोला आउथ्यो तर आज ४/५ हजारले झोला भरिदैन सायद यहिहोला परिवर्तन जस्तो लाग्छ । हाम्रा अग्रजहरुले त्यो ताका जडिबुटीको प्रयोग बढी गर्ने गर्दथे, रोगको चाप कम थियो सामान्य औषधिबाट रोग निको हुन्थे । त्यो ताका १०/२० को औषधिले ठुला-ठुला रोग निको हुन्थे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु