३० असार २०८१, आइतबार

गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त


गंगालाल अस्पताल

काठमाडौं । सरकारले गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मल्ललाई नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यस्तै सरकारले नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !