१३ बैशाख २०८१, बिहिबार

आँखाको ज्योति बढाउन खानुपर्ने प्राकृतिक खानाहरु


हरियो सागपात र गाँजर

आज हाम्रो देशमा प्रदुषण यति धेरै छ यसको बखान गरेर साध्य छैन । चस्मा लगाउदा प्रदुषण आँखामा पर्नबाट चस्माले बचाउन सक्छ । धुलोका कण जस्ता बस्तु सोझै आँखामा ठोकिन समेत चस्माले रोक्ने गर्दछ ।

अर्को फाइदा कमजोर आँखामा लेन्स लगाउदा प्रष्ट आँखा देखिने हुनाले अन्धकारबाट उज्यालोतर्फ लग्न समेत यसले ठूलो मद्दत गरेको हुन्छ । चस्मा लगाउदा राम्रो मात्रै होइन फाइदा पनि हुँदो रहेछ ।

यो लेख पढेर चस्मा लगाउने प्रेरणा सवैलाई मिल्नेछ भन्ने मलाई लागेको छ । चस्मा बच्चा बुढा युवा सवैको लागि महत्वपूर्ण छ । आजको लेखमा आँखाको स्वास्थ्य र आँखाको रोगबाट कसरी बचाउने र कमजोर आँखालाई तेजिलो बनाएर अध्यारोपन मेटाउनेबारे पनि प्रकाश पार्नेछौं ।

आँखा समय समयमा आँखा चेकजाँच गराउन सके यसबाट चाडो स्वास्थ्यलाभ लिन सकिने छ । कलकत्ताको नेचुरल आइकेयर सेन्टरमा त्यहाँ हरियो घाँसमा दैनिक १५ देखि २० मिनेट दैनिक हेर्न लगाउनुको साथै आँखाको व्यायाम गराएर ठिक गर्ने सिस्टम देखिएको थियो ।

आँखाको ज्योति राम्रो बनाउन र घरेलु खानेकुराहरुमा ध्यान दिन आवश्यकता छ । पावरवाला चस्मा लगाउनेले त हामीले खानेकुरा नखाएपनि हुन्छ होला भनेर सोच्नुहुन्छ होला तर चस्मा लगाउनेले समेत यी खानेकुरा खानु एकदमै आवश्यक हुन्छ ।

दृष्टिमा सुधार आउन र आँखा तेजिलो र फुर्तिलो देख्न तपाइँहरुले खानेकुरालाई एकदमै ध्यान दिनुपर्ने हुन्छ । आँखालाई स्वस्थ राख्न तथा ज्योति तेजिलो बनाउनका लागि यी खानेकुराहरु नियमित रुपमा खाने बानी बसालौं ।

१. हरियो सागपात

आफ्नो भोजनमा हरियो सागसब्जी नियमित रुपमा समावेश गर्नुहोस् । हरियो सागपातमा भिटामिन ए तथा फलाम पर्याप्त मात्रामा रहेको हुन्छ जुन आँखाको स्वास्थ्यका लागि अनिवार्य हुन्छ ।

२. ओखर

ओखरमा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । साथै यसमा पाइने भिटामिन इ पनि आँखाको स्वास्थ्यका लागि राम्रो छ । हामीले यस्ता बस्तुको उपभोग गरेर फाइदा उठाउनु पर्दछ ।

३. गाँजर

आँखालाई स्वस्थ राख्न र आँखाको ज्योति तेजिलो राख्नका लागि गाँजरको जुस नियमित रुपमा पिउने गर्नुस् । गाँजरलाई सलादको रुपमा खाने गर्दा पनि फाइदा उठाउन सकिने छ ।

४. अमला

अमला भिटामिनको राम्रो स्रोत हो । यो आँखाको लागि वरदान हो । यसमा भएका तत्वहरु आँखाको ज्योतिलाई तेजिलो बनाउन निकै प्रभावकारी हुन्छ । त्यसैले अमला नियमित रुपमा खानुहोस् ।

५. सुकुमेल

सुकुमेलले सरीरको तापक्रम सन्तुलित राख्न मद्दत गर्दछ । यसको नियमित सेवनले आँखलाई ठण्डा राख्न सहयोग गर्दछ र आँखाको ज्योति बढ्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर र नेपालपत्रको सल्लाहकार तथा स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ नेत्र ज्योति बढाउने सरल उपाय

यस्ता छन् सधैं जवान देखिन खानुपर्ने खानाहरु

दुई-दुई चोटी तताएर खान नहुने खानाहरु

गोरख मुंडी र आँखाको रोगको उपचार

तनाव हटाउने खानाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !