८ बैशाख २०८१, शनिबार

ब्रेस्‍ट सिस्‍ट (Breast Cysts) को सफल उपचार


ब्रेस्‍ट सिस्‍ट

ब्रेस्ट सिस्टको सफल उपचारको रूपमा हामीले महत्वपूर्ण जानकारी सेयर गर्ने अभियानमा जुटेका छौं । लामो अनुभव अनुसार यदि ब्रेस्ट क्यान्सर नभइकन यदि सानो गिर्खा दुग्ध ग्रन्थीमा देखिएको भए आजै सामान्य उपचारले पनि यस्ता समस्या समाधान गर्न सकिन्छ । तल हामीले होम्योपैथीबाट कसरी निको हुनसक्छ भन्ने जानकारी पस्कदैछौं । ब्रेस्ट सिस्टका थुप्रै रोगहरूमा कहिलेकाहीँ सामान्य उपचारले पनि निको हुने गरेका छन् ।

यस्ता रोग लाग्नासाथ डाक्टरको परामर्शमा उपचार गराई हाल्दा राम्रो हुने रहेछ । समय खस्कदै गर्दा र रोगको उपचार समयमा नहुँदा यसबाट फाइदा होइन बेफाइदा नै बढी हुने गरेका घटना धेरै छन् । आजको यो लेखमा हामीले एकदेखि पाँचसम्म यसका उपचार र कारणबारे प्रकाश पार्दै जाने छौं । यस्ता समस्या देखिनुका केहि महत्वपुर्ण कारणबारे जानकारी पस्कने छौं ।

नेपालमा यस्ता रोगका कारण लाखौं रूपैयाँ खर्च गर्नेहरूलाई यो लेखबाट केही राहत मिल्ने र हामीले लाखौंलाई यो जस्ता समस्या हल गरेर छोटो समयमा निको बनाउन समेत सफल भएका कारण पाठकको ज्ञानलाई अभिबृद्धि गर्ने उद्धेश्य लिएर यो लेख प्रकाशनतर्फ विषेश जोड दिदैछौं ।

१. स्‍तनको घाउ (Breast Abscesses)

यस्तो अवस्था आफ्नो बच्चालाई दूध सेवन गराउने महिलाहरूमा प्रयाप्त मात्रामा दूध बच्चाले नखाइदिँदा स्‍तनमा घाउ हुने गरेको हुन्छ । यसको पूर्ण जानकारी प्राप्त गर्न अल्‍ट्रासाउण्डको साहेताबाट पनि यो रोग भए नभएको थाहा हुन सक्छ । यस्ता समस्या देखिएमा पनि तुरुन्त उपचार गराइ हाल्नुपर्छ ।

२. स्तन दुख्नु (Breast Pain)

यसलाई मास्‍टल्जिया पनि भन्ने गरिन्छ । यस्तो हुनुको पछाडि महिनवारीको खराबीलाई पनि लिन सकिन्छ । हरेक महिना हुने मासिक स्रावले गर्दा यस्तो अवस्था भएमा तुरुन्त डाक्टरलाई देखाएर उपचार गराउदा चाँडो निको हुनसक्छ । यसको सफल उपचार मासिक चक्रलाई सुधार्नु पर्छ ।

३. स्तनमा हुने गाँठो

स्तनमा हुने सवै गाठो क्यान्सरको हुन सक्दैन । कतिपय अवस्थामा यस्तो गाठो हुनको पछाडि हर्मोनको कारणले पनि समस्या उत्पन्न हुन्छ । विगत लामो अनुभवले एउटा कुरा प्रष्ट पारेको छ कि दुध सेवन गराउदा प्रयाप्त मात्रामा दूध ननिख्रदा कालान्तरमा गएर गाठो हुने गरेको हामीले देख्न सकिन्छ । यस्ता गाठा छालामुनी असंख्य रूपमा देखिन्छ ।

४. निप्पलबाट बग्ने पानीजस्तो तरल पदार्थ (Nipple Discharge)

यस्तो अवस्था हुनुको अर्को महत्त्वपूर्ण कारण गर्भवती भएको संकेत पनि हुन सक्छ । गर्भवती हुदा देखिने लक्षणको रूपमा हामीले यसलाई पनि लिएका छौं । यस्तो लक्षण देखिएमा तुरुन्त उपचार गराइ हाल्नुपर्छ भन्ने होइन पहिले के कारणले यस्तो भएको भन्ने जानकारी प्राप्त गरेर मात्र उपचार गराउनुपर्छ ।

५. भद्दा स्तनलाई सानो बनाउने (Breast Reduction)

आज प्रसंगबस यसलाई पनि यहाँ जोड्ने प्रयास गरिएको छ । महिलाहरूको स्तन ठूलो भएमा सानो बनाउने प्रक्रियालाई मेमोप्लास्टिक सर्जरी (Mammoplasty Surgery ) भन्ने चलन छ । यसबाट सुन्दर हुन र अनावश्यक बोझ समेत रोक्न यसले मद्दत गर्ने छ ।

उपचार

१. कैल्‍केरिया सल्‍फ्युरिकम (Calcarea Sulphurica ६x) ४ गोली दिनमा 4 पटक दिने ।

२. भिटामिन ई ४०० एम.जी दिनमा २ पटक २/३ महिना सेवन गर्नाले राम्रो फाइदा उठाउन सकिनेछ ।

नोट : यो औषधि सेवन गर्दा ठिक नभएमा विषेशज्ञसंग परामर्श लिएर उपचार गराउन सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !