८ बैशाख २०८१, शनिबार

स्वास्थ्यको लागि हर्रोका महत्वपूर्ण फाइदाबारे जानौं


हर्रो

हर्रोका जातहरु विजया, रोहिणी, पूतना, अमृता, अभया, जीवन्ती र चेतनी गरी सात प्रकारका हुन्छन् । नेपालतिर पाइने कालो रङको, ससानो फल फल्ने एक जातको हर्रोलाई भने ‘जङ्गी हर्रो’ भनिन्छ । हर्रोबारे अधिकांशलाई थाहा नहुन सक्छ तर हर्रो, बर्रो र अमलाको समिश्रणलाई त्रिफला भनिन्छ भन्ने चाहिँ थाहा हुन्छ ।

यसको स्वाद टर्रो खालको हल्का अमिलो मुख बाध्ने खालको हुन्छ । यसको प्रयोग थुप्रै रोगमा गर्न सकिन्छ । हाम्रै वरीपरी रहेको हर्रोलाई हामीले उपयोग गर्न सकेका छैनौँ किनभने हामीलाई त्यसको महत्व नै थाहा छैन् । जबसम्म त्यसको महत्व हामीले बुझ्न सकिरहेका हुदैनौ ।

वैज्ञानिक मतअनुसार भने हर्रोको फलमा चेब्यूलिनिक एसिड ३०५, टैनिन एसिड ३०,४५५, गैलिक एसिड, ग्लाईकोसाइड्स, राल तथा रंजक पदार्थ पाइन्छ । त्यसमध्यको ग्लाईकोसाइड्सले कब्जियत निर्मुल गर्नमा योगदान दिने गर्छ । यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रुपमा संचालन हुन सहयोग गर्दछ ।

हर्रोका केही महत्वपूर्ण अन्य फाइदाहरु अर्थात औषधीय गुणहरु

१. हर्रोलाई कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ । कतिपय जडिबुटीको प्रयोगमा नआउँदा यसका अन्य फाइदा बारे जानकारी पाउन सकिरहेका छैनौं ।

२. एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान-वेलुका खाने गरेमा कमलपित्त रोग निको हुन्छ ।

३. हर्रोको टुक्रो चपाएर खानाले भोक बढ्दछ । हर्रोको प्रयोगले रूचि जगाउनमा राम्रो भुमिका निभाउदछ । यसले कब्जियतलाई समेत फाइदा गर्दछ ।

४. अलिकति हर्रोलाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ ।

५. हर्रो, बर्रो र अमलाको चुर्ण समभाग मिलाएर एक चमच मात्रामा दूधसंग ६ महिना सेवन गर्नाले कायाकल्प हुन्छ । पेटका थुप्रै रोगहरू यसको सेवनले निको बनाउँदछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !