११ बैशाख २०८१, मंगलबार

के तपाई पानी पिउँदै हुनुहुन्छ ? यी कुरामा ख्याल राख्नुहोस्


पानी पिउँदै

काठमाडौँ । पानी शरीरको लागि सबैभन्दा बढि आवश्यक पर्ने तत्व हो । पानी बिना हामी हाम्रो जीवनको कल्पना पनि गर्न सक्देनौं । पानी हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसले हाम्रो शरीरलाई सफा राख्न मद्धत गर्छ ।

हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरको लागि पानीको आवश्यकता पर्छ । पानीलाई औषधीका रुपमा पनि प्रयोग गरिन्छ ।

पानी पिउने सही तरिका थाहा नपाउँदा यसले शरीरमा हानी पनि पुर्याउन सक्छ । पानी पिउन हामीले जान्नुपर्छ । कतिखेर पानी पिउने र कतिखेर नपिउने भन्ने कुरा थाहा हुनुपर्छ । गलत तरिकाले पानी पिउँदा हाम्रो स्वास्थ्यमा समस्या आउन सक्छ ।

थाहा पाउनुस् पानी पिउने सही समय र तरिका यस्ता छन् । विहान उठ्ने वित्तिकै पानी पिउनु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ तर खाना खाँदा खाँदै विचमा भने पनी नपिउनु नै राम्रो । यहाँ पानी पिउँदा ध्यान दिनुपर्ने कुराहरुको विषयमा चर्चा गरिएको छ ।

१. खाना खाँदै गर्दा पानी नपिउनुस्

खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजै देखि छोड्नुस् । यसले खान पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचनमा समस्या आउँछ । खाना खाएको कम्तिमा १० मिनेटपछि मात्र पानी पिउनुस् ।

२. एकैचोटी धेरै पानी नपिउनुस्

एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन यसो गर्दा शरीरमा पाचन प्रक्रियामा खराबी आउन सक्छ ।

३. घामबाट र शौचालयबाट फर्के लगतै पानी नपिउनुस्

घामबाट र शौचालयबाट फर्के लगतै पानी पिउनु पनि स्वास्थ्यको लागि खराब मानिन्छ ।

४. विरामीलाई चिसो पानी नखुवाउनुहोस्

बिहान शौचालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । धेरै चिसो पानी शरीरमा पचाउन गाह्रो हुने र तातो पानी चाँडै पच्ने गर्छ । त्यसैले विरामीलाई तातो पानी खुवाउनुपर्छ ।

५. उभिएर पानी नपिउनुस्

पानी प्यास लाग्यो भनेर हतारिँदै पानी पिउनु हुँदैन । पानी पिउँदा उभिएर पानी पिउनुहुँदैन यसले घुँडामा समस्या हुनसक्छ । त्यसैैले पानी पिउँदाखेरि जहिलेपनि बसेर मात्रै पानी पिउनुपर्छ ।

६. खाली पेटमा पानी नपिउनुस्

खाली पेटमा प्यास लागेमा केही चीज खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ ।

७. राति निन्द्राबाट उठेर एक्कासी पानी नपिउनुस्

राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।

८. पानी पिएलगतै नदौडिनुस् वा नखेल्नुस्

पानी पिए लगतै दौडिने वा खेल्ने गर्नुहुँदैन ।

९. तनावमा पानी नपिउनुस्

पानी पिउँदा निकै तनावमा पिउनु राम्रो मानिँदैन, शान्त भएर पानी पिउनु नै राम्रो हुन्छ ।

१०. सुतेर पानी नपिउनुस्

पानी पिउँदा कहिलेपनि सुतेर पिउनु हुँदैन र अँध्यारो समयमा पनि पानी पिउनुहुँदैन । पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ ।

११. खाना खानु लगतै अघि र पछि पानी नपिउनुस्

खाना खाएलगतै वा खाना खानु केही समयअघि पानी पिउनुहुँदैन । यसले शरीरको पाचन रसलाई असर गर्छ र कब्जियत, अपच जस्ता समस्याहरु देखापर्न सक्छ । खाना खाएको दुई घण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !