७ बैशाख २०८१, शुक्रबार

नेपालमा फार्मेसीको नियमित अनुगमन गर्न आवश्यक


फार्मेसीको अनुगमन

नवलपुर । नेपालमा नियमित रुपमा फार्मेसीको अनुगमन गर्न आवश्यक रहेको देखिएको छ । अनुगमन केन्द्रदेखि तल्लो निकायसम्म‌ गर्ने हो भने धेरै कुरा भेटिन सक्छ । आज अनुगमनको चपेटामा प्राय: कमजोर मान्छे देखिन्छ । हुने खाने मान्छे नदेखिन सक्छ ।

मलाई के लाग्छ भने हामीले कमजोरलाई नहेर्ने भन्न खोजेको होइन सबैलाई हेर्नुपर्छ । गल्ती गर्नेलाई वार्निङ दिएर पहिले समय दिनुपर्छ । यदि भनेको मान्दैन भने एक्सनमा पनि उत्रनुपर्ने हुन्छ ।

आज मानव सेवासंग प्रत्यक्ष सरोकार राख्ने पेसामा सानो लापरबाही भए मान्छेको ज्यान समेत जान सक्छ । यस्तो पेसामा हामीले लापरबाही होइन सहि तरिकाले काम गर्ने वातावरण मिलाएको हुनुपर्छ ।

मानवको स्वास्थ्यमा सानाले मात्र लापरबाही गर्छन् भन्ने होइन ठुलाले झन् लापरबाही गरेको हुन सक्छ । मेरो हकमा भन्ने हो भने मेरा कर्मचारीलाई औषधि सजावटदेखि एक्सपायर डेट हेरेर कुन औषधि कहाँबाट आएको बट्टामा समेत लेख्ने गरेको हुन्छु ।

सरसफाई दैनिक गर्दा पनि प्रदुषण यति धेरै छ कि सोच्न सकिदैन दुई दिन औषधको बट्टा सफा नगर्ने हो भने धुलो भिरिएको हुन्छ । पसलेले सफा नगरौं भनेको हुदैन तर बाटोको कारण यस्तो स्थितिसम्म पुगेको देखिन्छ ।

मेरो अभिप्राय यो होकी हामीले सरकारले तोकेको मापदण्ड मै काम गर्नु राम्रो हो । यदि यसो गर्दैनौं भने हामीले दु:ख भोग्ने गरेका छौं । काम यस्तो गरौं कि कसैले गलत भन्न नसकोस् ।

अर्को महत्त्वपूर्ण कुरा बिजकले दिएको पठाएको बिल रूजु नगरी वा एक्सपायर डेट नहेरी औषधि र्याकमा नराख्नुस् कहिले काहीं एक्सपायर भएको मेडिसिन पनि त्यहाँ पठाएको हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !