कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीद्वारा सामूहिक राजीनामा Nepalpatra कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीद्वारा सामूहिक राजीनामा
१४ मंसिर २०७९, बुधबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीद्वारा सामूहिक राजीनामा


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले मेडिकल अफिसर डा. करण साहविरुद्ध जारी पक्राउ पुर्जी फिर्ताको माग गर्दै राजीनामा दिएका हुन् ।

डा. साहलाई ‘झुटो’ ओरोपमा जारी गरिएको पक्राउ पुर्जी फिर्ता हुनुपर्ने र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउनुपर्ने मागसहित सामूहिक राजीनामा दिएको बताइएको छ । यसअघि इमर्जेन्सीबाहेकका सबै सेवा तथा अध्ययन अध्यापन ठप्प पारेका स्वास्थ्यकर्मीले आज उपकुलपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

कानुनी राज्यको आभाष नभएकोले र विरोधको नयाँ स्वरुप अनुसार प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले उपकुलपतिसमक्ष सामूहिक राजीनामा पेश गरेको जनाएका छन् । विषय परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा दिन असमर्थ रहेको उनीहरूको भनाइ छ ।

जिल्ला अदालत जुम्लाले अनुसन्धानका लागि भन्दै प्रतिष्ठानका मेडिकल अफिसर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी भएको थियो ।

एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको आरोप लागेको थियो ।

सामूहिक राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !