६ बैशाख २०८१, बिहिबार

बिभिन्न रोग निको पार्न पानीको भूमिका


Drinking water

-राम ठकुरी

हाम्रो स्वास्थ्य राम्रो बनाउन पानीको निकै महत्व हुन्छ । बिहान खाली पेटमा पानी पिउनुको महत्व अझ धेरैनै छ । आयुर्वेद र आधुनिक चिकित्सा पद्दतिले खाली पेटमा पानी पिउनु महत्वपूर्ण हुन्छ बताएको छ । बिहान उठेपछि कमसेकम चार गिलास अर्थात् १ लिटर पानी पिउनुपर्छ । यसबाट हाम्रो पाचन प्रणाली दुरुस्त हुन्छ । साथै अन्य रोगबाट पनि बचाउँछ ।

दैनिक बिहान खाली पेटमा पानी पिउने प्रक्रिलाई वाटर थेरापी ट्रिटमेन्ट भनिन्छ । पानी पिउनुभन्दा एक घण्टा अघि या पानी पिएपछि एक घण्टापछि केही खानुहुन्न । ठोस खाद्यपदार्थ झनै खानुहुन्न । सुरुमा एक लिटर पानी पिउनु गाह्रो लाग्न सक्छ । तर, बिस्तारै यसको बानी पर्नेछ । पहिलो दुई गिलास पिउनुहोस् । दुई मिनेट रोकिनुहोस् र त्यसपछि फेरि दुई गिलास पिउनुहोेस् । पानी पिउदा चुस्की लिएर पिउनु पर्दछ । सुरुमा पानी पिएको दुई घण्टामा दुई या तीनपटक पिसाब लाग्न सक्छ । तर, बिस्तारै यो समस्या पनि हराएर जान्छ ।

जापानमा हरेक बिहान उठेपछि पानी पिउने चलन छ । यसका अलावा वैज्ञानिकहरुले पनि अनुसन्धानबाट पानी स्वास्थ्यका लागि उपयोगी हुन्छ भन्ने प्रमाणित गरिसकेका छन् । जापानको मेडिकल सोसाइटीका अनुसार वाटर ट्रिटमेन्टको सहयोगले पूरानो र गम्भीर रोग पनि ठीक गर्न सकिन्छ । यसका अलावा टाउको दुखाई, शरीर दुख्ने, आर्थराइटिस, मुटुको तेज गति, छारे रोग, ब्रोङकाइटिस, दम, टीबी, मेनिन्जाइटिस, मिर्गौला र पिसाबसंग सम्बन्धी रोगलाई पानीकै माध्यमबाट निको पार्न सकिन्छ । यतिमात्र नभई बान्ता, ग्यास्ट्रिक, डायरिया, मधुमेह, कब्जियत, आँखाको समस्या, क्यान्सर, महिलाको महिनावारीमा हुने अनियमितता, कान, नाक र घाँटीसम्बन्धी समस्यालाई पनि पानीमार्फत् नियन्त्रण गर्न सकिन्छ ।

 पानीले उपचार गर्ने तरिका

बिहान उठ्नासाथ र ब्रस गर्नुअघि चार गिलास पानी पिउनुहोस् ब्रस गरेपछि ४५ मिनेटसम्म केही पनि नखानुहोस् नास्ता तथा बिहान बेलुकाको खानाको दुई घण्टासम्म खाने र पिउने केही पनि नगर्नुहोस् । वृद्धवृद्धा र बिरामी मानिसका लागि चार गिलास पानी पिउन गाह्रो हुन सक्छ, त्यसैले उनीहरुले बिस्तारै पानीको मात्रा बढाउन सक्छन् ।

पानी नियमित खानाले कति दिनमा रोगबाट आराम मिल्छ त?

उच्च रक्तचाप– ३० दिन मधुमेह– ३० दिन ग्यास– १० दिन कब्जियत– १० दिन क्यान्सर– १८० दिन टीबी– ९० दिन आर्थराइटिसका बिारमीहरुले पहिलो सातामा उपचारको प्रक्रियालाई केवल तीनदिन अपनाउनु पर्छ । दोस्रो सातादेखि दैनिक गर्न सकिन्छ । वाटर ट्रिटमेन्टका साथ नियमित औषधि सेवन गर्न भने नछाड्नुहोस् । औषधिमा परिवर्तनका बारेमा आफैंले निर्णय गर्नुपूर्व चिकित्सकको सल्लाह लिनुहोस् । गम्भीर रोगका सन्दर्भमा यो विधिलाई सहायकका रुपमा मात्र लिनुहोला । तर, सबैभन्दा राम्रो कुरा के भने यो विधिको कुनै साइडइफेक्ट हुँदैंन । धेरैपटक पिसाब लाग्नेबाहेक यसको कुनै असर हुँदैंन । पानी पिउनुलाई नियमित रुटिनमा समावेश गर्नु राम्रो हुन्छ । यसले हाम्रो रोग भगाउनुका साथै फूर्तिलो राख्न पनि सघाउछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !