८ बैशाख २०८१, शनिबार

नवलपुरमा कार्यरत सम्पूर्ण चिकित्सकहरुको प्रथम भेला


चिकित्सकहरुको भेला

नवलपुर । नवलपुरमा कार्यरत सम्पूर्ण चिकित्सकहरुको प्रथम भेला भएको छ । आज शनिबार नवलपुरका सम्पूर्ण चिकित्सकहरूको कमिटी गठन हुने भएको हो ।

बदलिदो समय सापेक्ष हरेकको कमिटी गठन हुँदै गर्दा अब चिकित्सकहरुको पनि कमिटी हुन आवश्यक देखिएको हुनाले सम्पूर्ण नवलपुरका चिकित्सकहरूको भेला भएको हो ।

यो भेलाले कमिटी गठन गरेर चिकित्सकको हकहितमा लाग्ने प्रतिबद्धता जाहेर पनि गरेको छ । यो भेलाको गण्डकी प्रदेशको आयोजक कालिगण्डकी नारायणी सामुदायिक अस्पताल कावासोती-८ नवलपुर, गण्डकी प्रदेश नेपालले गरेको हो । आजको यो कार्यक्रम स्थान होटेल ब्लु हेवन कावासोती-३ नवलपुरमा भएको थियो ।

 चिकित्सकहरुको भेला चिकित्सकहरुको भेला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !