७ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा हैजाबाट संक्रमित हुनेको संख्या १४ जना पुग्यो


हैजा

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाबाट संक्रमित हुनेको संख्या १४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले काठमाडौँ उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

मन्त्रालयमा आज नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. मिश्राले असार २ गतेदेखि असार १५ गतेसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको बताइन् । उनले झाडापखालाका बिरामीहरुमा स्टुल कल्चर, आरडीटी र ह्याङ्गि ड्रप परीक्षण गर्दा १४ जनामा हैजा संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन् ।

प्रवक्ता डा. मिश्राका अनुसार ललितपुरमा संकलन गरिएको १८ नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकोली जिवाणु भेटिएको हो । हैजाबाट बच्न पानी उमालेर खान, ताजा खानेकुरा खान र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

हैजा पुष्टि भएका पहिलो व्यक्तिको घर र कार्यस्थलमा भण्डारण गरिएको जार, धारा र जमिनमूनीको पानी परीक्षण गर्दा कोलिफर्म भेटिएको पनि डा. मिश्राले जानकारी दिइन् । हैजाले संक्रमणको जोखिम उच्च भएको भन्दै सरसफाइ, खानेकुरा र पिउने पानीमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !