१३ बैशाख २०८१, बिहिबार

नेपाल क्यामिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनको जन्मोत्सव मनाइयो


नेपाल क्यामिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन

नवलपुर । हिजो असार १० गते शुक्रबार नेपाल क्यामिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनको जन्मोत्सव मनाइएको छ । यसतर्फ सवैको ध्यानाकर्षण गराउन चाहन्छु । औषधि पेसा मानवसंग प्रत्यक्ष जोडिएको जोखिम पेसा हो ।

यो पेसालाई मर्यादित बनाउन र यसबाट पर्नगएको विविध समस्या हल गर्न भनेर यो एसोसिएसनको जन्म भएको हो । २०३०मा दर्ता भएको देखिन्छ । तर यसको जन्मोत्सव भने मनाएको पाइदैन ।

सो दिनलाई हामीले यसको जन्मोत्सव मनाउनुपर्छ भन्ने हाम्रो राय रहेको छ । यो दिनलाई हामी सम्पूर्ण फार्मेसी एकताबद्ध भएर मनाउनु पर्छ ।

यो संगठनले स्थापना कालदेखि नै फार्मेसीमा पर्न गएका विविध समस्या उपर लड्दै आएको र अब पनि लड्ने छ भन्ने आसा साथ आजको दिनलाई हेप्पि बर्थडे एनसिडिए २०४९ भनेर अबदेखि मनाउँ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !