११ बैशाख २०८१, मंगलबार

गर्मी मौसममा लु बाट आफूलाई कसरी बचाउने ?


गर्मी मौसममा लु बाट आफूलाई कसरी बचाउने ?

जाडो मौसम समाप्त हुदै गर्मी याम लागेको सर्वविदितै छ । गर्मी याममा चल्ने उष्ण र शुष्क हावालाई ‘लू’ भन्ने चलन छ । गर्मी याममा ४० देखि ४२ सेण्टिग्रेडसम्म तापक्रम पुगेको हुन्छ । कतिपय मानिसहरूलाई ‘लू’ कसरी लाग्छ भन्ने कुरा बुझ्न जरुरी छ । सामान्य भाषामा भन्नुपर्दा गर्मी मौसममा लाग्ने रोगलाई ‘लू’ भन्दछन् ।

यसले मान्छेको स्वास्थ्य मात्र होइन यसले औषधिको गुणस्तरलाई समेत समाप्त पारेको हुन्छ । मानव शरीरको संरचना पनि अनौठो खालको छ । हाम्रो शरीरमा प्राय: ३७ डिग्री सेल्सियस तापक्रम हुने गर्छ । कहिलेकाही गर्मीमा यो तापक्रम लापरबाहीसंग हिड्ने गर्दा बढ्न सक्छ । अत्यधिक गर्मीले गर्दा हाम्रो बाहिरी छाला डड्ने हुन्छ । यसले गर्दा रक्तनलीहरु फराकिलो हुने हुन्छ ।

यसले गर्दा हाम्रो शरीरमा रक्तसञ्चार प्रक्रिया बढ्छ र शरीरभित्रको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ । लू लाग्नाले हाम्रो शरीरमा के कस्तो असर देखिन सक्छ भन्ने कुरा हरेकलाई जानकारी हुन आवश्यक छ । ‘लू’को कारण हामीलाई शरीरमा नुन पानीको कमि हुन सक्छ । जब पसिनाको माध्यमबाट पसिना बग्न थाल्छ यसले गर्दा आन्तरिक तापक्रम बढ्न जानाले टाउको दुख्ने शरीर भारि हुने जस्ता समस्या देखिन सक्छ ।

त्यस्तै सास गति पनि अनियमित हुनु, ज्वरो बढ्नु, हातको हत्केला र खुट्टाको पैताला पोल्नु, आँखा पोल्नु जस्ता समस्याहरू देखिन्छन् । जसका कारण बिरामी बेहोस हुन्छ र कसै-कसैको यही कारण मृत्यु पनि हुन्छ । यस्तो अवस्थामा नपुग्नको लागि पानीको मात्रा बढाउनु पर्ने हुन्छ । छालालाई गर्मीको असरबाट रोक्न लाम्बाहुला भएको कपडा लगाउन सकिन्छ । पसिना अत्यधिक बगेको छ भने प्रशस्त जीवनजलको सेवन गर्ने गर्नु पर्दछ ।

लूको प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । ‘लू’बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ । यदि ‘लू’ कसैलाई लू लाग्यो भन्ने थाहा भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने चिकित्सकबाट तुरुन्त प्राथमिक उपचार गराई हाल्नुपर्छ । लूको उपचार हामीले दही र मौसमी फलफूलबाट पनि गर्न सकिन्छ ।

ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू

सानो लापरवाहीले पनि कहिलेकाही ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले हरेक सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्छ । यदि तपाईं एसी अथवा कुलरको अगाडि बस्नु भएको छ भने कहिले पनि अत्यधिक घाम अथवा हावामा नजानुहोला जानुभन्दा पहिले शरीरमा हल्का गर्मी महसुस भएपछि मात्र बाहिर निस्कनु होला । कहिलेकाही यसले पनि लू लाग्ने सम्भावना बढ्न सक्छ ।

उपचार

१. डिहाइड्रेसनबाट बचाउन जीवनजल पानी पिउने या नुन चिनी पानी प्रशस्त पिउने, मौसमी फलफूल सेवन गर्ने । डाक्टरको परामर्शमा उपचार गराउने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !