८ बैशाख २०८१, शनिबार

ब्लड सुगर नियन्त्रण गर्न खानुहोस् यस्ता खानेकुराहरु


बदाम र मेथी

समय परिवर्तन भइसकेको छ । हरेक मान्छे स्वस्थ रहन चाहन्छन् तर समय अभावले आफ्नोे स्वास्थ्यलाई ध्यान दिन सकिरहेका छैनन् । जस्तो पायो त्यस्तै खाना खानाले स्वास्थ्यमा नकरात्मक प्रभाव पार्ने गर्दछ । हरेक शुगरका रोगीले आफ्नो खानामा विशेष ध्यान दिनु पर्छ ।‌ कतिपयले आफ्नो जिज्ञासा सुगरका रोगीले कस्तो खाना खाँदा ठिक हुन सक्छ भन्न खोज्नु भएको पनि हुन सक्छ ।

आजको लेखमा हामीले सुगरका विरामीले कस्तो खाना खाँदा स्वास्थ्यलाई फाइदा हुन सक्छ भन्ने जानकारी पस्कदै जाने छौं । ब्लड सुगरका रोगीले आफ्नो खानामा कस्तो डाइट समावेश गर्दा फाइदा हुन सक्छ भन्ने जानकारी हुन आवश्यक छ । आजकाल सुगरका रोगीले जस्तो पायो त्यस्तै खाना खाँदा किड्नी फेल हुने जस्ता समस्या देखिन सक्छ ।

अब हामीले यस्ता रोगको उपचार के के खादा नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा विषेश ध्यान दिन जरुरी छ ।

बदाम खानुका फाइदा

हामीले परम्परादेखि सुन्दै आएका छौ कि विहान बदाम खानाले हेल्थमा राम्रो प्रभाव पार्न सक्ने छ । राती ४,५ वटा बदामलाई पानीमा भिजाएर राख्ने बिहान छिल्का नफालि भिजाएको बदाम खाने गर्नाले शरीरमा चाहिने आवश्यक प्रोटिन र पोषकतत्व यसबाट प्राप्त गर्न सकिन्छ ।

मेथी भिजाएर राखेको पानी

मेथीमा एण्टि आक्सिडेण्ट पाइन्छ । यसको प्रयोगले ब्लड सुगर मात्र कम गर्ने होइन यसले इम्योनिटि पावर बढाउन समेत मद्दत गर्दछ । राती एउटा भाँडोमा मेथी भिजाएर राख्ने बिहान मेथी निकालेर पानी मात्र पिउने गर्नाले शरीरमा भएको विषादी बाहिर फाल्दछ ।

सुगरका रोगीले नाश्ता अनिवार्य गर्नुपर्ने छ

डायबिटीजका रोगीले विहानको नास्ता खान आवश्यक छ । नास्तामा अण्डा, दाल, पराठा, मूगको दाल आदि खानु पर्दछ । यस्ता खाना खानाले सुगरलाई ब्यालेन्समा राख्न मद्दत गर्दछ ।

जूस पिउने गर्नुहोस्

ताजा फलफूलको जुस लिनाले सुगरका बिरामीलाई राम्रो फाइदा गर्दछ । जुस हमेसा ताजा नै लिने गर्नुहोस् । मौसमी फलफूल बढी लिने गर्नुहोस् ।

इन ड्रिंक्सको सेवन गर्नुस्

बिहान दूधबाट बनेको चियाको सट्टा निबूवाको रस राखेको पानी हर्बल टी नै पिउने गर्नुहोस् । यसले ब्लड शुगर कन्ट्रोल हुदै जान थाल्नेछ । साथै शरीर पनि स्वस्थ हुँदै जानेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !