१३ बैशाख २०८१, बिहिबार

केरा खाँदाका फाइदाहरु


banana

मानिसको जीवनलाई स्वस्थकर र मजबुत बनाउनको लागि फलफुलको पनि निकै नै महत्व रहेको हुन्छ । त्यी मध्ये केरा पनि एक हो । यो सस्तो पनि हुन्छ र यसले शरीरलाई धेरै मजबुत बनाउन सहयोग गर्दछ ।
केरा खाँदाका फाइदाहरु:

१. हाड बलियो बनाउँछ ।
२. उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नवाट बचाउँछ ।
३. केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ ।
४. पेटको अम्लीयपन नष्ट गर्छ ।
५. केराले अल्सर हुनवाट बचाउँछ ।
६. दुधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जीयत हटाउन मद्दत गर्छ ।
७. केरामा पाइने भिटामिन बी ले स्नायु प्रणाली स्वस्थ बनाउँछ ।
८. केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ ।
९. रक्तअल्पतावाट बचाउछ ।
१०. डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुन्छ ।
११. मृगौला क्यान्सरमा कमी आउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !