८ बैशाख २०८१, शनिबार

कालो अंगुर खानुका फाइदाहरु


kalo angur

मानिसलाई बाच्नको लागि अति महत्वपुर्ण तत्व भनेको खाना हो । जसले गर्दा मानिसलाई विभिन्न कार्यहरु गर्नको लागि शक्ति प्रदान गर्दछ । त्यतिमात्र नभई मानिसको जीवनमा विभिन्न खालका फलफुलहरुको पनि त्यतिकै महत्व हुन्छ । त्यी मध्ये कालो अंगुर पनि एक हो । एक स्वादिष्ट फल अंगुरले मानिसको शरीरमा खानाको भन्दा बढी शक्ति प्रदान गर्दछ । विशेषगरी यो गर्मीको मौसमको लागि धेरै नै उपयोगी फल हो अंगुर । हल्का रातो र गाढा कालो रंगको अंगुरको स्वाद मिठो हुनुको साथै स्वास्थको लागि पनि धेरै नै फाइदाजनक हुन्छ । थाहा पाउनुहोस्, कालो अंगुरका फाईदाहरु यस्ता छन् :

१ . क्यान्सरवाट बच्नको लागि धेरै नै प्रभावकारी ।
२. शरिरमा बढि भएको युरिक एसिडको स्तर कम गर्छ जसले किड्नीमा भार बढ्दैन र किड्नी स्वस्थ रहने ।
३. अंगुरमा पाइने एन्टिअक्सिडेन्टले हार्ट अट्याक र हाई कोलेस्ट्रोल जस्ता समस्याहरुवाट लड्नमा मद्दत ।
४. अल्जाइमरको बिरामीहरुको लागि र यसमा रहेको रेसवेराट्रोल नामक तत्व अल्जाइमरवाट लड्नको लागि धेरै नै प्रभावकारी ।
५ रगतमा कोलेस्ट्रोलको निर्माण गर्न रोक्छ र मोटोपना बाहेक अन्य स्वास्थ समस्याहरुवाट पनि बचाउने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !