८ बैशाख २०८१, शनिबार

मापदण्ड विपरीतका निजी अस्पताल बन्द गराउन स्वास्थ्यमन्त्रीलाई डा. केसीको सात बुँदे पत्र


डा. गोविन्द केसी फाइल फोटो

काठमाडौं । डा. गोविन्द केसीले मापदण्डविनाका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् ।

डा. केसीले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई सात बुँदे पत्र लेख्दै पूर्वाधार र पर्याप्त जनशक्ति विना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको, यसबाट बिरामी ठगिने, रोग बल्झिने र बिरामीको मृत्यु हुनेसम्मको अवस्था रहेको बताएका छन् ।

डा. केसीले जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण गर्न, स्तरोन्नति र गुणस्तर वृद्धि गर्न पनि माग गरेका छन् । डा. केसीले स्वास्थ्य संस्थालाई करारका चिकित्सिकको भरमा काम चलाउने गरिएको भन्दै आवश्यक संख्यामा स्थायी चिकित्सक नियुक्त गर्न पनि माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !