१३ बैशाख २०८१, बिहिबार

होशियार ! पारासिटामोलको अनावश्यक प्रयोगले हुनसक्छ आजीवन बाँझोपन


पारासिटामोल

आजकाल ९९% ले आफै यो औषधि किनेर खाने प्रचलन हावी हुदैछ । सिटामोलको अत्यधिक प्रयोगले के कस्ता समस्या निम्तन सक्छ भन्ने जानकारी प्राप्त नगरी खाने गर्नु भनेको स्वास्थ्यसंग खेलवाड भएको ठहर छ । आउनुहोस् आजको लेखमा यस बारेमा चर्चा गरौं ।

सिटामोल खासगरी सामान्य खालको ज्वोरोमा, सामान्य खालको टाउको दुखाईमा प्रयोग गर्ने औषधि अन्तर्गत पर्दो रहेछ । यदि हामीले हचुवाको भरमा पारासिटामोल लामो समय खाने गर्दछौं भने यसबाट ठूलो नोक्सान हुन सक्ने तथ्य फेला परेको छ ।

१. पारासिटामोलको अत्यधिक सेवनले लिभर ड्यामेज हुन सक्छ ।

२. गर्भमा रहेको बच्चा चाहे नानी होस् या बाबु उ जन्मेपछि प्रजनन् स्वास्थ्यमा नकरात्मक असर देखिन सक्छ । जन्मजात बाँझो हुन सक्छ ।

३. हाम्रो शरिरमा भएका ब्याक्टेरियालाई मार्न सक्छ ।

४. अत्यधिक सिटामोलको प्रयोगले शरीरमा एलर्जी हुन सक्छ ।

५. शरीरमा फ्याटको मात्रा बढ्न सक्छ ।

पारासिटामोल खरिद गररे खाँदा हुन सक्ने साइड इफेक्टबारे जानकारी प्राप्त गरेका छौं । यस्ता औषधि सेवन गर्दा यसको आवश्यक मात्रा जान्न जरूरी हुन सक्छ । कतिपय औषधि तौलको आधारमा दिनुपर्ने र कति दिन दिनाले यसको असर नहुन सक्छ भन्ने जानकारी हरेकलाई हुन आवश्यक छ ।

आजकाल लिभर सम्बन्धि रोग प्राय: हरेक घरमा देख्न सकिन्छ । यस्तो हुनुको पछाडि कतै पारासिटामोलको साइड इफेक्ट त होइन भन्ने कुरा बझेर मात्र उपचार गर्न सके स्वास्थ्य लाभ लिन सहज हुन सक्छ ।

डाक्टर फार्मेसीको परामर्शमा औषधि खरिद गर्ने बानी बसाल्न सके भविष्यमा हुन सक्ने खतराबाट भावी सन्तानलाई बचाउन सकिनेछ । हाम्रो उद्धेश्य भनेको कुनैपनि औषधिको अत्यधिक प्रयोग नहोस् भन्ने रहेको छ ।

पारासिटामोल बढीमा ३ दिन भन्दा बढी नखानु राम्रो; यदि खान परेमा डाक्टरको सल्लाहमा लिन सक्नु हुनेछ । जथाभावी औषधि किन्ने बानीलाई हामीले सुधार गर्दै के कसरी खानाले भविष्यमा कुनैपनि रोग लाग्नबाट आफु र अरूलाई बचाउन सकिन्छ भन्ने कुरा बुझेर मात्र औषधि खरिद गर्ने बानी बसालौं भन्ने हाम्रो राय छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !