७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. देवकोटा स्वास्थ्य मन्त्रालयमा सरुवा


डा. विकास देवकोटा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । मंगलबार स्वाथ्यमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ ।

उनको ठाउँमा डा. राजेन्द्र खनाललाई सिफारिस गरिएको छ । कर्णालीमा स्वास्थ्य निर्देशक रहेका डा. रविन खड्कालाई वीरमा सरुवा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !