श्रीलंकामा नोभेम्बरमा ४ हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण Nepalpatra श्रीलंकामा नोभेम्बरमा ४ हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण
७ माघ २०७८, शुक्रबार

श्रीलंकामा नोभेम्बरमा ४ हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण


डेंगु संक्रमण

कोलोम्बो । नोभेम्बरमा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण भएको भन्ने स्थानीय सञ्चारमाध्यमले बिहीबार समाचारहरू सम्प्रेषण गरिरहेका समय श्रीलंकाका स्वास्थ्य विज्ञहरूले डेंगुको प्रकोपबारे चेतावनी दिएका छन् ।

सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा जम्मा ४,५६१ डेंगु भाइरस संक्रमण भएको देखिएको छ । यो गत २० महिनामा सबैभन्दा बढी थियो ।

राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइका डा. शिलान्ती सेनेविराट्नेले गत दुई महिनाभित्र देशभर परेको अविरल वर्षाका कारण डेंगुका बिरामीमा उल्लेख्य वृद्धि भएको स्थानीय सञ्चार माध्यम डेली मिररले जनाएको छ ।

“डेंगु नियन्त्रण एकाइभएकाले क्षति न्यूनीकरण गर्न सकियोस् भन्ने उद्देश्यले हामीले अवस्थाको अनुगमन गर्ने र रोकथामका कार्यक्रम र जनतालाई शिक्षित गर्नेजस्ता सम्बन्धित उपाय अपनाउँदै आएका छौं,” डा. सेनविराटले भने । उनले थपे, “ज्वरो र मांसपेशी दुख्ने जस्ता केही लक्षणहरू कोभिड–१९ र डेङ्गु रोगीहरू दुवैमा देख्न सकिन्छ भन्ने तथ्यबारे पनि मानिसहरू सजग हुनुपर्छ ।

सेनेभिराट्नेले मानिसहरूलाई आफ्नै निष्कर्षमा पुग्नुअघि तुरुन्तै चिकित्सा सल्लाह माग्न आग्रह गरे। सरकारी तथ्याङ्कअनुसार पूर्वी प्रान्तको राजधानी सहर कोलम्बो र बाट्टिकालोआबाट निकै सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् ।

डेङ्गु ज्वरोका अन्य लक्षणहरूमा उच्च ज्वरो, अनियन्त्रित बान्ता, पेट दुख्ने वा चक्कर लाग्ने जस्ता लक्षणहरू देखा परेमा तुरुन्तै चिकित्सा सेवा लिन चिकित्सा विशेषज्ञहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !