८ बैशाख २०८१, शनिबार

डाक्टरले बिरामीलाई यथार्थ कुरा भन्नु कति उचित हुन्छ ?


बिरामी परीक्षण गर्दै डाक्टर

केस नम्बर १

विरामी ज्वरो आएर अस्पताल पुग्छ

उसलाई ब्लड चेकजाँच गर्दा साल्मोनेला पाराटाइफाइड र टाइफस १.८० माथि भए टाइफाइड भन्ने चलन छ । तर अहिले वर्तमान अवस्थामा कोभिड-१९ फैलिएको छ । टाइफाइड भएका व्यक्तिलाई कोरोना पनि हुन सक्छ । तर उपचार गर्दा कोरोनाको नभई लक्षण अनुसार ज्वरोको उपचार गर्नुपर्दछ ।

केस नम्बर २

विरामी पेट दुखेर डाक्टर कहाँ पुग्नासाथ पहिलो प्राथमिकता रोग परिक्षण गर्नुपर्ने हुन्छ ।

रोगको परिक्षण गर्दा

भिडियो एक्सरे, इण्डोस्कोपी र ल्याब परिक्षण गरेर पेटको समस्या हेरेर उपचार गर्नुपर्छ । पेट दुख्नुको धेरै कारणमध्ये एपेण्डि साइटस पनि एक हो तर यो दायाँ साइडमा हुन्छ । यसैगरी पेटको अल्सरमा दिसामा रगत देखिन सक्छ । दिसामा रगत देखिनुको अर्को कारण पाइल्स पनि हुन सक्छ ।

यस्तो समस्या देखिएमा के गर्ने ?

दिसा चेक गर्ने
ल्याबको परिक्षण गर्ने

लक्षण अनुसार उपचार गर्ने ठिक नभए पेटको बिशेषज्ञलाई देखाएयर अल्सरको उपचार सुरु गर्ने गर्नु पर्दछ ।

केस नम्बर ३

टाउको किन दुख्दछ ?

टाउको दुख्नुको कारण धेरै हुनसक्छ । कहिलेकाहीँ जुकाका फूलहरू टाउकोमा चडेमा पनि टाउको दुख्छ । आँखाको कमजोरीले पनि टाउको दुख्न सक्छ । ब्रेन क्यानसरमा पनि टाउको दुख्न सक्छ । चियाको लतले पनि टाउको दुख्न सक्छ । लागु औषध सेवन गर्नेहरूलाई पनि टाउको दुख्न सक्छ ।

यस्ता समस्या देखिएमा कस्तो उपचार गर्ने ?

आँखा चेक गराउने, ल्याब टेष्ट गराउने, दिसा पिसाब चेकजाँच गर्ने । राम्रो अनुभवी डाक्टरको परामर्शमा खमा टाउको सम्वन्धी डाक्टरलाई चेक गराएर उपचार गर्ने ।

आज हामीले जति पनि बिरामीको उपचार गर्दछौं त्यसको पछाडि सवैभन्दा ठूलो भूमिका विश्वासले गर्दछ । एउटा चिकित्सक जतिसुकै दक्ष किन नहोस् उसप्रति विरामीको विश्वास र डाक्टरले बिरामीलाई गर्ने व्यवहारले यो कुरा प्रष्ट पार्ने गरेको लामो अनुभव छ ।

उपरोक्त विवरणले एउटा कुरा प्रष्ट हुन्छ की रोगको सही जानकारी कतिपय अवस्थामा विरामीलाई सबै भन्नुपर्छ भन्ने छैन । अति खतरनाक समुहको रोगलागेको छ भने बिरामीलाई भन्नु् गलत हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !