१२ बैशाख २०८१, बुधबार

मधुमेहको छोटो जानकारी र होम्योपैथीक उपचार


मधुमेह

ब्लड सुगर आज नेपालमा माहामारीको रूपमा फैलिएको छ । यस्तो हुनुको प्रमुख कारण खानपिनलाई प्रमुख मानेका छौं । शरीरमा ब्लड शुगर लेबल ठिक भएमा मधुमेह, किड्नी र हार्टको समस्याबाट आफुलाई बचाउन सकिने छ ।

हाम्रो शरीरमा ब्लड शुगर कम गराउन एउटा हर्मोन हुन्छ जसलाई इन्सुलिन भन्दछन् । बढेको ब्लड शुगर घटाउन इन्सुलिनको प्रयोग गराइन्छ । आजको लेखमा हामीले ब्लड शुगर कसरी कम गराउन के खाने कस्तो औषधि सेवन गर्ने भन्ने कुरामा प्रकाश पार्ने जमर्को गर्दैछु ।

शुगर लेवल कम गराउन कस्ता खाना खाने ? 

१. खाना हमेसा हल्का र चाडो पच्ने खालको हुनुपर्छ । सागसब्जी, फलफूलको सेवन बढी गर्नुपर्छ । यसरी सेवन गरेमा शुगर लेबल कम हुनुको साथै स्वास्थ्य लाभ हुनेछ ।

२. प्रोटीनयुक्त पदार्थको सेवन गर्नाले अतिरिक्त खानाबाट आफुलाई बचाउन सकिने छ ।

३. नास्ता अनिवार्य गर्नुस र नास्तामा प्रोटिनयुक्त खाना अनिवार्य समावेश गर्नुस् । यसले शरीर कमजोर हुनबाट बचाउनेछ ।

४. चिनीको मात्रा र रिफाइंड कार्बोहाइड्रेटबाट सकेसम्म टाढा रहनुपर्छ । यी दुबै शुगर लेबल बढाउन सक्छ । रिफाइंड कार्बोहाइड्रेटटले चाँडो पच्ने हुनाले यसले सुगर बढाउन सक्छ ।

५. आर्टिफिशल स्वीटले पनि सुगर लेवल बढाउन सक्छ । यस्ता बस्तुबाट सकेसम्म बच्नु नै राम्रो हुनेछ ।

उपचार

१. Syzygium Jambolinum Q Mother Tincture यो औषधि जामुनको गुठलीबाट बनाएको हुन्छ । नियमित यसको सेवनले सुगर लेवल नर्मल हुदै जान थाल्छ ।

मात्रा : १५ थोपा थोरै पानीमा राखेर दिनमा ३ पटक खाने ।

२. Diab Aid Drops यो होम्योपैथीक औषधि हो । यो औषधि सदाबहार फूलबाट बनाएको छ । यो औषधि नियमित सेवन गराउनाले सुगर लेवल नर्मल हुदै जान थाल्दछ ।

मात्रा : १५ थोपा औषधि थोरै पानीमा राखेर दिनमा ३ पटक खान दिने ठिक हुन थाल्दछ ।

नोट : सदाबहार फूल दैनिक ३ पात प्रात: चपाएर निल्नाले सुगरको दोहोलो हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !