१३ बैशाख २०८१, बिहिबार

भेरीकोसेल (अण्डकोषको नशामा हुने दुखाइ) र यसको उपचार


भेरीकोसेल

अण्डकोशिका छालाले बनाएको एउटा थैली हो । यसभित्र दुवै अण्डकोष रहेको हुन्छ । यसमा थुप्रै नशाहरू जोडिएर रहेका हुन्छन् । यसको प्रमुख काम भनेको प्रजनन् ग्रन्थिलाई रक्तसन्चार गरेको हुन्छ । अण्डकोषको नशामा हुने पिडालाई भैरिकोसेल भन्दछन् । यसमा अण्डकोषमा नशाहरूमा वृद्धि हुने गर्दछ ।

खासगरी यो कुनै गम्भीर विमारिको कारण ले हुने होइन । तर पुरूषको प्रजनन क्षमतामा भने यसले प्रभाव पार्न सक्छ । यदि रगतमा पम्पिङ गर्ने वालमा खराबी भएमा अण्डकोषको नशाको आकारमा वृद्धि हुन थाल्दछ । नशाको आकारमा वृद्धि हुनाले केहि समस्या उत्पन्न हुन सक्छ । यस्तो अवस्था प्राय: १५ देखि २५ बर्षको उमेरमा पुरूषहरूमा बढी देखिन्छ ।

खास भन्ने हो भने भैरिकोसेलका सवै केसहरूमा शुक्राणुको उत्पादनलाई कुनै असर पुराएको हुदैन । यस्तो अवस्था बाया साइडको अण्डकोषमा बढी देखिने गरेको हुन्छ । प्रकृतिले पुरूषको शारिरिक बनावट दाया र वाया फरक-फरक बनाएको हुन्छ ।

भैरिकोसेलका प्रकारहरू

भैरिकोसेल दुइ प्रकारको हुन्छ । यसको खास केहि लक्षण हुदैन । तर कहिले काही अण्डकोषमा सानो डल्लो जस्तो देखिन सक्छ । अण्डको सुनिन सक्छ । अण्डकोषको आकारमा ठूलो हुन सक्छ । नशा दुख्न सक्छ ।

अधिकांश केसमा भेरिकोसेलको लक्षण नदेखिन सक्छ । तर लामो समयसम्म उभिरहदा, व्यायम गर्दा हल्दा दुखाइ हुन सक्छ । सुतेको अवस्थामा भने आफूलाई आराम भएको महसुस हुन सक्छ । फुलेको नसाहरू आराम गर्दा नदेखिन सक्छ ।

कहिले काही इनफर्टिलिटि सेन्टरमा जचाउन जादा डाक्टरलाई शंका लागेमा भेरिकोसेल होकी होइन भन्ने जाच गर्दा यो रोग भएको थाहा हुन सक्छ । अण्डकोषको नशामा हुने दुखाइ त्यति बेला महसुस हुन सक्छ जतिबेला दुवै अण्डकोषको साइजमा फरक देखिन थाल्दछ ।

यो रोगको परिक्षण हमेसा सुतेको बेलामा हुदैन तर उठेको बेलामा नशा बढेको भए प्रष्ट देखिने गरेको हुन्छ । अण्डकोष छाम्दा महसुस हुन सक्छ । यस्ता समस्या भएका पुरूषहरूको शुक्रकिट र रगत चेक जाँच गर्नाले यो भए नभएको थाहा हुन सक्छ । भेरिकोसेलको उपचारको बारेमा प्रकाश पार्ने जमर्को गर्दैछु ।

यस्तो रोगको उपचार सर्जरि द्वारा सम्भव हुने भनेतापनि अधिकांश केशमा होम्योपैथीक औषधिले राम्रो फाइदा गरेको मेरो अनुभव छ । मैले अधिकांश केशमा Silicea 30 र Rhododendron 30 को प्रयोग होम्योपैथीक डाक्टरको रेखदेखमा प्रयोग गरेर लाभ लिन सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !