११ बैशाख २०८१, मंगलबार

सदाबहार फूल र मेरो अनुभव


सदाबहार फूल

मलाई हल्का सुगर र व्लड प्रेशर देखियो । म एलोपैथिक औषधि सकेसम्म मन नपराउने मान्छे । एकदिन मेरा एकजना साथीले सदाबहार फूलको बारेमा मलाई ब्लड प्रेशर र सुगर निको हुनसक्ने कुरा भन्नुभयो मैले परिक्षण गर्ने विचार गरेर आइतबार देखि खान थाले ।

करिब १५ दिनपछि शुगर र ब्लड प्रेशर चेक गराउदा नर्मल देखियो । यो देखेपछि मैले थुप्रै आयुर्वेदका ठेली पल्टाउदै हेर्दै गरे यति सामान्य औषधिले यती राम्रो काम गरेको देखेपछि मलाई एउटा कुराले मनमा कौतहल पैदा गरायो यस्ता औषधि हामीसंग हुँदापनि किन फाइदा उठाउन सकेनौं ।

यहाँ हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा यस्ता साना-साना जडिबुटीतर्फ हाम्रो ध्यान पुग्न नसक्नु दुर्भाग्य भन्दा खासै फरक छैन । हामी नेपालीलाई प्रकृतिले चमत्कारिक औषधि दिएतापनि हामीले त्यस्ता जडिबुटीबाट फाइदा उठाउनबाट बन्चित भएका छौ ।

नेपाल र नेपालीलाई प्रलोभन देखाएर भएपनि विदेशीले आफ्नो दुनो सोझाउने गरेको सर्बबिबितै छ । आज यिनै जडिबुटीबाट बहुमुल्य औषधि बनाएर विदेशीले नेपालबाट खरबौं डलर बाहिर लगेको हामी देख्न सक्छौं । हामीसंग सवै हुँदा पनि आज हामी धेरै पछाडि छौं ।

राष्ट्र प्रेम नभएका जुकाहरूले आफ्नो स्वार्थ पुरा गरेर जुकाले रगत सुसेर अगाएपछि बल्ल शरीर छोडेर तल झर्छ ठिक नेपालको अवस्था त्यस्तै देखिन थालेको छ । हरेक नेपाली परजीवी भइदिनाले देशको अवस्था खस्कदैछ । कमजोर सोच र विचारले देश नांगिदैछ ।

यदि हामीले नेपालमा भएका जडिबुटीलाई प्रशोधन गरेर निर्यात गर्दछौं भने हामीले बेरोजगार हटाउन मात्र होइन राम्रो डलर भित्राउन सक्ने छौं । हामीले जडिबुटीबाट इन्जेक्सन र अन्य औषधि कच्चा पदार्थ बनाएर देशको स्तरमा सुधार गर्नेछौं ।

सदाबहार फूलबाट होम्योपैथीक कम्पनीले औषधि बनायर मनज्ञ कमाएको छ । तर हामीले यति सानो काम समेत गर्न सकिरहेका छैनौं सुन्दा देख्दा अचम्म लागेर आउछ । आफु केहि गर्न नसक्ने अरूले देला र गरिदेला भन्ने कमजोर मानसिकतामा डुबेकाहरूबाट अब परिवर्तन सम्भव छैन ।

नेपालमा भ्रष्टाचार नियन्त्रण गर्दै बन्द उद्योगतर्फ ध्यान दिएर युवालाई काम दिन सके र फिजुल खर्च कटौती गर्दै अघि बढ्न सके परिवर्तन टाढा थिएन । अरूको भरोसामा बाच्ने मानसिकता जबसम्म हटाउन सकिदैन तबसम्म केहि हुनेवाला छैन ।

एमसिसी पास किन गर्ने कुनैपनि काम गर्दा अरूको स्वार्थमा होइन आफ्नो देश र जनताको चाहनालाई ध्यानमा राखेर हामीले काम गर्छौं भने यसको मुल्याङ्कन ठूलो हुन्छ । स्वार्थ नभएको कोही छैन उसले त्यसै पैसा देला र विकास गरौला भन्ने मानसिकता हामीमा छ तर उसले नेपालका बहुमुल्य जडिबुटी र खानीतर्फ आँखा लगाएको छ । यति सामान्य कुरा हामीले बुझ्न नसक्दा जनताको नजरबाट सिङ्गो पार्टी समाप्त हुने खतरा बढ्दैछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !