१३ बैशाख २०८१, बिहिबार

पत्थरी फाल्ने सजिलो होम्योपैथीक औषधि


पत्थरी

मृगौला हाम्रो शरीरको सवैभन्दा महत्वपूर्ण अंग हो मृगौलाको साहेतले रगत सफा गर्ने काम गर्दछ । हाम्रो खानपिनको लापरबाहीले मृगौला खराब हुन सक्छ । मृगौला पिठ्यूँको मध्यभागमा करङको ठीक मुनी हुन्छ । यिनीहरुको आकार हाम्रो मुठ्ठी बराबर हुन्छ ।

मृगौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका अलावा अन्य मिनरल्सका अवशेष राम्रा कणहरुको रुपमा निस्किएर यूरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिशाबसँगै शरीरबाट बाहिर निस्किन्छ ।

तर कहिलेकाहीँ रगतमा यी तत्वहरुको मात्रा बढेर गयो भने यो किड्नीमा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्ल्याडरसम्म पिशाब पुग्ने बाटोमा रोकावट उत्पन्न हुन्छ ।

किड्नीमा कुनै समस्या उत्पन्न भयो भने त्यसको लक्षण प्रष्टरुपले व्यक्तिको शरीरमा देखिन्छ । व्यक्तिले कहिले जानी जानी वा थाहा नपाई लापरवाहीवस यसलाई नजरअन्दाज गर्‍यो भने समस्याले ठूलो रुप लिन्छ । आज मैले मृगौला रोगबाट बच्ने र होम्योपैथीक औषधिको माध्यमबाट कसरी उपचार गर्ने भन्ने बारे जानकारी पस्कन गइरहेको छु ।

मृगौला रोगको उपचारमा पानीको ठूलो भूमिका छ । यदि हामीले आवस्यकता नु सार पानी प्रसस्त पिउछौं भने मृगौला सम्मबन्धी कुनैपनि रोग नलाग्न सक्छ । हाम्रो शरीर लाई खानाको जति आवस्यक छ त्यो भन्दा बढी पानीको आवस्यक हुन सक्छ । स्वस्थ शरीरको लागि दैनिक कम्तीमा ३ देखि ६ लिटरसम्म पानी लिनु राम्रो हो ।

सबैभन्दा बढी मृगौला खराबी नेपालीहरूलाई हुने गरेको पाइन्छ । हरेक घरमा मृगौला सम्बन्धी रोग पाइन्छ यसको ठोस कारण भनेको पानीको कमि भन्दा खासै फरक छैन । होम्योपैथीक औषधि कम्पनिले पथ्थर चट्टा अजम्मरीको पातबाट यो औषधि बनाएर ल्याएको छ ।

खाने तरिका

१. Berberis Vulgaris Q (Mother Tincture) यो औषधिको झोललाई थोपाको रूपमा १५ देखि २० थोपा सम्म एक गिलास पानीमा राखेर दिनमा ३ पटक सम्म दिन सक्नु हुन्छ ।

२. # B14 Drops 15 थोपा दिनमा ३ पटक एक गलास पानीमा राखेर खान दिने ।

३. Magnesium Phosphoricom 6x ४ गोली दिनमा ४ पटक खान दिने ।

नोट : योग्य अनुभवी होम्योपैथीक डाक्टरको रेख देखमा उपचार गराउन सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !