७ बैशाख २०८१, शुक्रबार

विभिन्न रोगमा प्रयोग हुने मदर टिन्चरबारे महत्वपुर्ण जानकारी


मदर टिन्चर

होम्योपैथीक औषधिमा मदर टिन्चर महत्वपुर्ण औषधिको रूपम लिएको छ । यस्ता मदर टिन्चर सिङ्गल जडिबुटीबाट बनाइएका छन् ।‌ यस्ता जडिबुटी नेपालमा प्रशस्त भएकाले होम्योपैथीक औषधि तयार गर्न सके एलोपैथिक भन्दा पनि राम्रो परिणाम देखिन सक्छ ।

नेपालमा सीमित होम्योपैथीक डाक्टर भएका र मदर टिन्चर भन्दा डायुलेसन र वायोकेमिकबाट उपचार गर्ने भएकाले यस्ता लेख कम आउने गरेका छन् । होम्योपैथीक औषधि सेफ हुँदाहुँदै गर्दा पनि मदर टिन्चर सम्बन्धि पुस्तकको अभाव खटिएको छ ।

म “अखिल नेपाल होम्योपैथीक एसोसिएसन “को आजीवन सदस्य भएकाले यसको विकास नेपालमा होस् भन्न चाहन्छु । नेपाल जस्तो अल्पविकसित राष्ट्रमा जडिबुटी त्यसै खेर गएको हुनाले यस्ता जडिबुटी सदुपयोग गर्दै होम्योपैथीक औषधिको विकास नेपालमा भएमा बेरोजगार मेट्न र खेर गएका जडिबुटी पनि प्रयोग हुने जनता निरोगी हुने प्रयाप्त सम्भावना देखिएको छ ।

होम्योपैथीक औषधि शुद्ध जडिबुटीबाट बन्ने भएकाले साइड इफेक्ट समेत नहुने देखिन्छ । यस्ता औषधि उत्पादन गर्ने जिम्मा सरकारले लिन सके देशको उन्नति निश्चित देखिन्छ । आजको यो लेखमा मैले केहि मदर टिन्चरबाट सन्चो हुन सक्ने औषधिबारे जानकारी पस्कनेछु ।

केहि रोगहरूमा मदर टिन्चरको प्रयोग यस्तो छ

१. अशोका मदर टिन्चर

अशोका मदर टिन्चर यो औषधि अशोकको बोक्रा पात फलबाट बनाईएको छ । महिलाको मासिक धर्म सम्न्धित सम्पुर्ण रोग यो औषधिको सेवनले निको बनाउदछ ।

मात्रा : १५ थोपा थोरै पानीमा राखेर दिनमा ३ पटक खाने ।

२. मिलिफोलिएम मदर टिन्चर

यो पनि जस्तो सुकै रक्तस्राव रोक्न बेजोड छ । जडिबुटीबाटै बनेको छ । Feminine 5 mg,Tranexamic Acid 500mg को टेब्लेट भन्दा छिटो काम गर्छ ।

मात्रा : १५ थोपा थोरै पानीमा राखेर दिनमा ३ पटक खाने

३. कार्डुअस मरयानस

लिभर सम्बन्धित सम्पुर्ण रोगमा उपयोगी छ ।
मात्रा : १० देखि १५ थोपा थोरै पानीमा राखेर दिनमा ३ पटक खाने ।

४. ड्रोसेरा

यो औषधिको प्रयोग गर्नाले लहरे खोकी (Whooping Cough) मा राम्रो फाइदा गर्दछ ।

मात्रा : ५,१० थोपासम्म रोगको अवस्था हेरेर थोरै पानीमा राखेर दिनमा ३ पटक खान दिने ।

५. बरबेरिस बल्गेरिस

यो औषधिले पित्त थैली र किड्नी स्टोनमा राम्रो फाइदा गर्दछ । हामीले हजारौं पेसेण्टको पत्थरी फाल्न सफल भएका छौं ।

मात्रा :१५ थोपा थोरै पानीमा राखेर दिनमा ३ पटक खाने ।

६. सिम्फाटम

टुटेको हड्डी जोड्न वेजोड औषधि छ । यसको साहेताबाट हड्डी जोड्न सफल भुमिका निभाउन सकिने छ । यो खान र दल्न सकिन्छ ।
मात्रा : ५ देखि १० थोपा थोरै पानीमा राखेर दिनमा ३ पटक खाने चोट लागेको थाउमा दल्ने ।

७. गिलोय टिन्चर

मलेरिया र पुराना क्रोनिक रोगमा समेत राम्रो फाइदा गर्दछ ।

मात्रा : १५ थोपा थोरै पानीमा राखेर दिनमा ३ पटक खाने ।

८. टिन्चर निम

चर्म रोग र मलेरियाको सफल औषधि । जस्तो सुकै घाउ खटिरा निको बनाउन समेत सफल छ ।

मात्रा : ५/७ थोपा थोरै पानीमा राखेर दिनमा ३ पटक खाने ।

९. हाइड्रास्टिक

यो औषधिले क्यान्सरको रोगमा सफल उपचार हुन्छ । क्यान्सरको पिडामा समेत राहत दिन्छ ।

मात्रा : १० थोपा थोरै पानीमा राखेर दिनमा ३ पटक खाने ।

१०. एपोसाइमन

यो औषधि शरीर सुन्निएको, पेटमा पानी भरिएकोमा उपयोगी छ ।

मात्रा : १५ थोपा थोरै पानीमा राखेर दिनमा ३ पटक खान दिने ।

नोट : यो मदर टिन्चर उमेर र अवस्था हेरेर ५ देखि १५ थोपासम्म दिनमा २ वा ३ पटक पानीमा मिलाएर दिन सकिनेछ । यो औषधि होम्योपैथीक फार्मेसिमा उपलब्ध छन् डाक्टरको परामर्शमा औषधि सेवन गराउदा धेरै राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !