१३ बैशाख २०८१, बिहिबार

एग्जिमा (दाद) को होम्योपैथीक उपचार


दाद

एग्जिमा (दाद) हेर्दा सामान्य जस्तो देखिने छालाको रोग हो । जुन प्राय: धेरैजसो व्यक्तिमा देखिन्छ । यस रोगबाट पीडित रोगीलाई यस्तो लाग्दछ कि यो रोग कहिले पनि ठिक हुनेवाला छैन । तर यस किसिमको धारण भने राख्नु ठिक होइन ।

एलर्जीले गर्दा शरीरको खुल्ला भागहरु अनुहार, गर्धन, पाखुरा आदि ठाउँमा रातोभई सा-साना दाना निस्किन्छ । जुन बिस्तारै-बिस्तारै एक्जिमाको रुप धारण गर्दछ । केहि व्यक्तिहरुमा आन्तरिक ईन्फेक्सन, धेरै एलोप्याथिक औषधिको सेवन या रगतको खराबीले हात या खुट्टाको औंलाहरुमा सा-साना पानीको फोका खासगरी गर्मीको याममा एग्जिम हुन्छ ।

होमियोप्याथिक चिकित्साबाट यसको उपचार सम्भव छ ।

होमियोप्याथिक उपचार

एक्जिमा (दाद) को उपचारको लागि रोगी को मानसिक एवं शारीरिक तथा पारिवारिक लक्षणहरुलाई मध्येनजर राखेर सफलता पूर्वक प्रयोग हुने केही औषधिहरु निम्न लिखित छन् ।

उपचारमा प्रयोग हुन सक्ने होम्योपैथीक औषधिहरु

१. ग्रेफाईटिस्, मिजेरियम, सल्फर, हिपर सल्फ, साईलिसिया, सोराईनम आवस्यकता नुसार खान दिने ।

२. Kali Sulphuricum 6x ४ गोली दिनमा ४ पटक दिने।

३.#B23 १५ ड्रोप्स दिनमा ३ पटक थोरै पानीमा राखेर खाने।

४. Luliconazol ointments मलहम दिनमा २ पटक लगाउने।

अत: एग्जिमाको लक्षण देखिने बित्तिकै आफ्नो नजिकको कुनै प्रशिक्षित होमियोप्याथिक चिकित्सकसंग परामर्श लिई उपरोक्त औषधिहरुको सेवन गर्नु उचित हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !