६ बैशाख २०८१, बिहिबार

धरानस्थित बीपी प्रतिष्ठानका निर्देशक राजीनामा दिन तयार


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह राजीनामा दिन तयार भएका छन् । निर्देशक साहले अन्य ३ जना पदाधिकारीले पनि राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले आफूभन्दा वरिष्ठ पदाधिकारीको शक्ति संघर्षको कोपभाजनमा परेको उल्लेख गर्दै हाल प्रतिष्ठानमा आन्दोलनरत पक्षले चारै पदाधिकारीको राजीनामा माग गरेकाले सबैले राजीनामा दिएर प्रतिष्ठानको हितमा मार्गप्रशस्त गर्न उचित हुने बताए ।

आफूले राजीनामा दिने मानसिकता बनाएपछि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरि, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीसँगै अनौपचारिक छलफल गरेर प्रतिष्ठानको समस्या समाधान गर्न मार्गप्रशस्त गर्न सुझाव दिएको तर तीनै जनाले नमानेपछि औपचारिक धारणा तयार गरेको निर्देशक साहको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !