६ बैशाख २०८१, बिहिबार

मोटोपना कसरी कम गर्न सकिन्छ ?


मोटोपना

मोटोपन रोगको घर भन्ने उखान त केहीले सुन्नु भएकै होला । मोटोपनले अधिकांश मानिसहरू दु:खित भएको सुन्न सकिन्छ । मोटोपन कम गराउन कोही योगको शरणमा पुगेका छन् । कसैले चिकित्सकीय विधी अपनाएका छन्, कसैले खानामा कटौती गरेका छन् ।

तौल बढ्नु वा मोटोपन बढ्नु आफैमा समस्या हो । यसले अरु समस्यालाई समेत निम्त्याउँछ । शरीर भद्दा र असुहाउँदिलो देख्ने मात्र होइन, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगको खतरा पनि बढाउँछ । त्यसैले अहिलेका पुस्ताका निम्ति मोटोपन वा तौल नियन्त्रण ठूलो चुनौती बनेको छ ।

मोटोपना कम गराउन चाहना भए निम्न बुदामा ध्यान दिनुपर्ने छ ।

१. तौल कम गर्न पानीको मात्रा बढाउदा निकै सहज हुन्छ । जसले शरीरमा एनर्जी जिवित राख्दछ । शरिरमा आलस्यता आउन दिदैन । पानी प्राकृतिक स्रोत भएकाले यो भन्दा ठूलो औषधि अरू केही छैन ।

२. फास्ट फूडबाट टाढै रहनु फाइदाजनक हुन्छ । फास्टफूडमा हाई क्यालोरी हुने भएकाले शरीरमा बोसोको मात्रा बढाउछ ।

३. चिनी र स्‍टार्च भएका खानेकुरा नखानु नै बेस हुन्छ । स्टार्च जन्य खानेकुरा भन्नाले – आलु, पापड़, पेस्‍ट्री, ब्रेड, चामल आदी सेवन पटक्कै नगर्नुहोस् । यसो गर्नाले छोटो समयमै तौल घटाउन सहयोग मिल्दछ । हाम्रो सानो लापरबाहीले मोटोपना घट्ने होइन बढ्न सक्छ ।

४. हरियो तरकारीको सेवन – उमालेर बनाइएको हरियो सब्जिको झोल सेवन गर्दा तौल घटाउनलाई राहत पुग्दछ ।

५. तपाई दिनमा कति क्यालोरी लिनुहुन्छ त्यसमा ध्‍यान दिन आवश्यक छ । यसबाट के खाएर तौल बढिरहेको थाहा पाउन सकिन्छ । जसले तपाईलाई हानी पुर्‍याइ रहेको छ सो चीज खान छोड्दिनुहोस् ।

६. तौल कम गर्नको लागि धेरै मानिसहरुले खानपीननै छोडि दिने गर्छन् । तर त्यो गल्ती झुक्किएर पनि गर्नुहुदैन । खानपिन नियमित नभए शरीर शिथिल हुदै जान्छ र हामीले चाहेको प्रतिफल प्राप्त हुदैन ।

७. यदी तपाई छाकमा ५ वटा रोटी खानुहुन्छ भने त्यसलाई कम गरेर ३ वटा सम्म पुर्‍याउनुहोस् । जसले तौल कम गर्न मद्दत गर्नेछ ।

८. तौल कम गर्न पानीको मात्रा बढाउदा निकै सहज हुन्छ । जसले शरीरमा एनर्जी जिवित राख्दछ । शरिरमा आलस्यता आउन दिदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !