८ बैशाख २०८१, शनिबार

डा. रोशन पोखरेल स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त


डा. रोशन पोखरेल

काठमाडौं । सरकारले डा. रोशन पोखरेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा नियुक्त गरेको छ । आज बेलुकी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको बैठकले स्वास्थ्य मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा डा. रोशन पोखरेल नियुक्त गरेको हो ।

स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस भएको थियो । आज विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम बढुवाका लागि सिफारिस गरेको थियो ।

बढुवा समितिको बैठकले १२ औं तहमा बढुवा हुँदाको क्रमलाई हेरेर स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रहेका डा. पोखरेल, डा. सिंह र श्रेष्ठको नाम पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो ।

तीन वर्षपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाबाटै सचिव पाएको हो । करिब साढे तीन वर्ष स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहको सचिव पद हटाइँदा त्यहाँको काम बाहिरका सचिवले नै गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !