१३ बैशाख २०८१, बिहिबार

रगत चाहिए स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै भर !


रक्तदान

मान्म । जिल्ला अस्पता कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् ।

अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त सङ्कलनमा समस्या भएको बताए । उनका अनुसार यस वर्ष मात्रै २०० युनिट रगत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रदान गरेका थिए ।

बिरामीलाई रगत अभाव भएमा फेसबुक पोष्ट गर्नुपर्ने र फोन गरी रक्तदातालाई बोलाउनुपर्ने अवस्था रहेको उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले हालसम्म १३ र अस्पतालका स्वास्थ्यकर्मी प्रकाश अधिकारीले १० पटक रगत दान गरिसकेका छन् ।

पचास श्ययाको अस्पताल सञ्चालनमा आउनेबित्तिकै अस्पतालमा ब्लड बैंक स्थापना गर्ने प्रमुख महतले जानकारी दिए । “ब्लड बैंक स्थापनाका लागि पहिले नै पहल गरिएको हो”, उनले भने, “बत्तीको अभावका कारणले स्थापना गर्न सकिएको थिएन ।”

जिल्लामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । “अहिले बिरामीलाई रगत अभाव भएमा फोन गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अन्य दाताहरुको सहयोगमा रगत प्राप्त गरिरहेका छौँ”, उनले भने, “रगत समयमा पाउन नसकेमा अन्य अस्पतालमा पठाउने गरेका छौँ । रगतको अभावमा बिरामीको ज्यान भने गएको छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !