८ बैशाख २०८१, शनिबार

एडिमा (Edema) शरीर सुजन हुने रोग र यसको उपचार


शरीर सुजन हुने रोग

आजकाल यो रोग हरेक घरमा देखिन थालेको छ । शरीर सुनिने कुनै रोग नभई अन्य रोग हो भन्ने मान्यता छ । आजको लेखमा यस्को कारण र उपचारमा प्रकाश पार्नेछु । यस्तो खालको सुजनमा दुखाई भने हुदैन । अगुलाले दवाव दिँदा गड्ने र केही क्षणमा भरिने हुन्छ ।

विशेषगरी घुट्टाको सुजनलाई हामीले पेरिफेरल एडिमा भन्ने गर्दछौं । यो सुजन प्राय: खुट्टामा मात्र देखिन्छ । फोक्सोको सुजनलाई पल्मोनरी एडिमा भन्दछन् । आँखाको नजिकको दुजनलाई पेरिऑरबिटल एडिमा भन्दछन् । गिजाको, पेटको, फेसको, स्तनको, लसिका ग्रंथिको र जोर्नीको सूजनलाई मैसिव एडिमा भन्दछन् ।

लामो समय उभिएर काम गर्दा खुट्टा सुनिन्छ भने त्यसलाई ऑर्थोस्टेटिक एडिमा भन्दछन् । यस्ता रोग लागेका मान्छेमा खासै अन्य लक्षण नदेखिएपनि यो अरू रोगको लक्षण हुनसक्छ । यस्तो हुनुको प्रमुख कारण धेरै हुनसक्छ । यो लेखमा हामीले पेरिफेरल एडिमाको उपचारको विषयमा प्रकाश पार्नेछौं ।

यस्ता जुजन देखिएमा डाक्टर संग प्रामर्श लिनुपर्ने हुन्छ । यस्ता सुजन गराउनमा औषधिको पनि हात हुनसक्छ । Amlodipin Tablet खानेहरुमा पनि प्राय खुट्टा सुनिने गरेको हुन्छ । यस्तो समस्या देखिएमा Amlodipin को सट्टामा व्लडप्रेसरको औषधि डाक्टरको परामर्शमा चेन्ज गर्नुपर्ने हुन सक्छ ।

कहिलेकाही व्लड सप्पलाई रोकिएको अवस्थामा पनि यो समस्या देखिन सक्छ । हार्ट र किडनी सम्मबन्धित रोगमा हार्मोन्सको असन्तुलन, स्टोरायडस औषधिको अत्यधिक सेवनले यस्तो समस्या देखिन सक्छ । सुजन देखिएमा औषधि रोकेर डाक्टर संघ परामर्श लिनुपर्ने हुन सक्छ ।

यदि यस्तो सुजन गर्भवती महिलामा देखिएमा,छाती दुख्ने गरेमा या किड्नी या लिभरको समस्या देखिएमा तुरुन्त डाक्टरसंग परामर्श लिनुपर्ने छ । हामीले आफ्नो खानपानमा विशेष ध्यान पुर्याउन सक्नुपर्ने छ ।

यस्ता समस्या देखिएमा निम्न उपाय अपनाउदा स्वास्थ्यमा राम्रो सुधार हुन सक्छ ।

१. हरियो साग सब्जी फलफूल पर्याप्त मात्रामा खाने ।

२. जाड रक्सी र कैफिन युक्त खानामा विशेष सत्रक्ता अपनाउने ।

३. शरीर सुनिएको अवस्थामा साल्टको मात्रा एकदम कम गर्ने ।

४. पोटैशियमको लागि ओखर,बदाम र मुगफलि खाने । यसको आवस्यक सवैभन्दा महिलामा बढी हुन सक्छ ।

५. भिटामिन बी-5, कैल्शियम र विटामिन-डीको अभावमा पनि सूजन हुनसक्छ नियमित यसको सेवन गर्नाले यो समस्या हल हुन सक्छ । दूध दहिको सेवन बढी गर्ने गर्नुपर्छ ।

उपचार

एलोपैथीकमा यस्ता बिरामीलाई थुप्रै रोगको कक्षणको रूपमा लिएको छ । त्यसमध्ये किडनी ,हार्ट रोगलाई प्रमुख मानिन्छ । यसको उपचार गर्न पिसाब फाल्ने फिउरोसेमाइड ४०,२० एमजीको औषधि बिहानै खुवाउने गरिन्छ ।

आयुर्वेद

एडिमा सुजन हुनुका मुख्य कारण शरीरमा हानिकारक तत्त्वोंको अधिक हुने संकेत मानिन्छ । आयुर्वेदमा यस्ता समस्याको उपचार शरीर शोधन गरेर उपचार गर्ने चलन छ । यस्तो समस्या देखिएमा गरम पट्टी, मिट्टी पट्टी, वमन र एनिमा समाबेस गरिएको छ । यस्ता रोगीलाई सोडा र नुनको मात्रा एकदम कम गर्नु पर्नेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !