७ बैशाख २०८१, शुक्रबार

होसियार ! राती सुत्ने समयमा कदापी यी कामहरु नगर्नुहोस्


night work

राती सुत्ने समयमा गर्न नहुने कार्यहरु मध्ये एक चुरोट सेवन हो । चुरोटमा निकोटिन हुने हुनाले यसले निन्द्रालाई धेरै नै प्रभाव पार्दछ । निकोटिन शरीरमा प्रवेश गरेपछि धेरै लामो समयसम्म असर गर्दछ र निन्द्रा नलाग्ने समस्या उत्पन्न हुन्छ । त्यस्तैगरी अर्को रक्सी सेवन पनि हो कतिपय मानिसहरुले चिन्ता कम गर्नको लागि र निन्द्रा लागेन भने पनि रक्सीको सेवन गर्छन् ।

यदी रक्सी सेवन गरी कोही सुत्छ भने उक्त रक्सीले मानिसको शरीरमा रातभरीमा धेरै नै नकारात्मक असरहरू गरिरहेको हुन्छ । रातको समयमा कफी सेवन स्वास्थ्यको लागि निकै खराबको रुपमा लिइन्छ । रातको समयमा कफी सेवनले निन्द्रा हरण गर्नुको साथै अन्य नकारात्मक असर समेत गर्दछ ।

धेरैले राति काम व्यवसायको बारेमा सोच्ने गरेका हुन्छन् तर यसले मानिसको दिमागमा नकारात्मक असर पारिरहेको हुन्छ । दिमागलाइ आवश्यक पर्ने आराम यसले गर्दा पाउँदैन र मानिस डिप्रेसनमा फस्ने गर्दछ । टि भि हेरेर बस्दा वा सुत्दा मानिसको दिमागमा परेका थकान मेट्न दिँदैन र यसले पछि गएर मानसिक समस्या निम्त्याउन सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !