७ बैशाख २०८१, शुक्रबार

आर्थिक अभावमा मानसिक रोगी पाँच वर्षदेखि फलामे खोरमा


udayNarayan

२८ फागुन, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल पाँच वर्षदेखि फलामको खोरमा थुनिएका छन् । ३४ वर्षीय दाहालको मानसिक सन्तुलन गुमेपछि उनलाई फलामे खोरमा थुनेर राखिएको हो । ‘पाँच वर्षजति भयो खोरमा थुनेर राखेको, उपचार गरौं भने पैसा छैन,’ उनका बुबा चुडामणि दाहालले भने, ‘यसको कसरी उपचार गर्ने यही मात्र पिरलो बाँकी छ अब ।’ आर्थिक अभावको चपेटामा पिल्सिएका दाहाल परिवारले पैसा नभएकै कारण बिरामी छोराको उपचार गर्न सकेका छैनन् । उदयनारायणलाई फलामे खोरमा वैदेशिक रोजगारीले पुर्‍याएको हो ।

आर्थिक अवस्था कमजोेर रहेका दाहाल परिवारले उदयनारायणलाई ऋण गरेर २०६३ सालमा विदेश पठाएका थिए । ‘एक लाख ५० हजार ऋण गरेर दुबई पठाइयो, ६ महिनापछि ७० हजार छोरोले पठायो,’ उनले भने, ‘छोराको राम्रो कमाइ भयो भने केही जोडौंला भन्ने सोच थियो तर १० महिनापछि उल्टै मानसिक सन्तुलन गुमाएर पो घर फर्कियो । अहिले वैदेशिक रोजगारीले मेरो जवान छोरोलाई नै निलिदियो ।’

ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा ६ महिना उपचार गरेपछि केही सञ्चो भएको थियो तर एक वर्ष नबित्तै फेरि उस्तै भएको उदयनाराणकी आमा मैनाले सुनाइन् । आफूसँग भएको सबै जायजेथा र नातागोताको सहयोगमा पाँच लाखभन्दा धेरै रकम खर्च गरे पनि छोरो ठिक नभएको बताउँदै उनले भनिन्, ‘९ महिना कोखमा राखेर जन्माएको र त्यत्तिकै दुःख गरेर हुर्काएको छोरोलाई फलामे खोरमा थुन्दा मेरो मन कति पोलेका होला ? ’ उनी विकल्प नै नभएर छोरालाई फलामे खोरमा थुनेको भन्दै भक्कानिइन् ।

‘छोरालाई खोरमा नराखेको भए म पनि अहिलेसम्म जीवित हुने थिइनँ होला,’ बुबा चुणामणिले भने, ‘बिरामी भएको बेला मलाई नै बेहोस हुने गरी मुङ्ग्रोले टाउकोमा हिर्काएको थियो। यसलाई नियन्त्रणमा राख्न पनि थुन्नु परेको छ ।’ फिदिमवाट ३५ हजार रुपैयाँमा फलामको खोर खरिद गरेर ल्याई त्यसमा राखेको उनले बताए ।

उदयनारायण खोरभित्रै खाने कुरा खान्छन् र उनलाई खोरभित्रै शौचको प्रबन्ध मिलाइएको छकपडा फेर्न, कपाल, दाह«ी काट्न दुई÷चार जना लाठे खोजेर उनलाई बाहिर निकाल्नुपर्छ। कहिलेकाहीँ सामान्य अवस्थामा आउँदा पनि निकै बल गर्छ । चुणामणिले भने, ‘अलि राम्रो गरी औषधि गर्न पाए जाति हुने थियो ?’ यो खबर आजको अन्नपुर्ण पोस्ट्मा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !