७ बैशाख २०८१, शुक्रबार

औषधि सेवनमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु


औषधि सेवन

बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । सहि तरिकाबाट औषधि चलाउदा औषधि अमृत हो भने गलत तरिकाले चलाएमा जहर पनि हुन सक्छ ।

नेपालीमा उपचार र औषधिको बारेमा संवेदनशीलता देखिँदैन । औषधि सेवन कर्ताले आफुले खाइरहेको औषधि बारे चिकित्सकलाई बताउने गर्दा यसको फाइदा धेरै हुने गरेको पाइन्छ । तर आजकाल यो कुरा अधिकांशले होशियारी अपनाएका हुदैनन् । यसै कुरालाई ध्यानमा राखेर आज हामीले औषधि सेवनमा कुनै त्रुटी नहोस् भनेर यहाँ जानकारी पस्कन गइरहेका छौं ।

हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधिको बारेमा जस्तै विज्ञ र अनुभवी व्यक्तिले पनि चासो दिएको पाइँदैन । औषधि खाएको एक महिनापछि मात्रै त्यो औषधिको सेवन गर्ने मिति सकिएको रहेछ भन्ने थाहा पाउँछौ अर्थात किन्ने बेलामा औषधि सेवनको मिति कहिलेसम्म हो भन्ने विषयमा खासै ध्यान जाने गरेको छैन । जुन कुराले बिरामीलाई प्रत्यक्ष असर गर्छ ।

यदी तपाईँ कुनै आयुर्वेद अस्पताल जानुभयो र चिकित्सकले औषधि लेखे भने त्यो कुन औषधि हो ? औषधि प्रयोग गर्ने मिति कहिलेसम्म लेखिएको छ, त्यो औषधिले के कस्ता साईडइफेक्स गर्न सक्छ ? खानापछि खाने कि खाना अघि खाने ? कति दिनसम्म खाने र कति घण्टाको फरकमा खाने भन्ने लगायतबारे बुझ्न जरुरी हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा बिरामीले सेवन गर्ने औषधिको रोल के हो ? अर्थात तपाईँले त्यो औषधि किन खाने, त्यो औषधि खाँदा फाइदा के हुन्छ भन्ने बारेमा बुझ्न जरुरी हुन्छ । जबसम्म एउटा बिरामीले औषधिको महत्व के छ भन्ने कुरा बुझ्दैन त्यस्ता व्यक्तिले औषधि छाड्ने, नियमित नखाने जस्ता समस्याहरु हुन्छन् ।

चिकित्सकले पनि बिरामीले खाने औषधिको रोल के हो भन्ने बारेमा जानकारी गराउँन आवश्यक छ । यसमा बिरामीले पनि चासो राख्नुपर्छ । चिकित्सकले तपाइँलाई लेखिदिएको औषधि र औषधि पसलले दिएको औषधि एउटै होकी होइन भन्ने बारेमा निश्चित गर्न अति आवश्यक हुन्छ । औषधि सट्टामा दिएको भए फार्मा कोपीया फरक छ भने गुण फरक हुन सक्छ । बनाउने तरिकामा पनि भर पर्छ सकेसम्म सेवन गर्ने औषधि एउटै हुन आवश्यक छ ।

चिकित्सकले कति वटा औषधि लेखिदिए र फार्मेसीले कतिवटा औषधि दिए भन्ने कुराको बारेमा पनि जान्न जरुरी हुन्छ । कहिलेकाहि ५ वटा औषधि लेखिएको ठाँउमा ४ वटा मात्रै दिएको पनि हुनसक्छ । त्यो छुटेको एउटा औषधि अरु औषधि भन्दा महत्वपूर्ण हुन सक्छ ।

औषधिको एकातिरको भागमा औषधिको नाम र कम्पनी अनि डोज लेखेको हुन्छ भने अर्काे भागमा औषधि सेवनको मिति लेखिएको हुन्छ । औषधिको सवैभन्दा महत्वपूर्ण कुरा मानीसको शरीरको तौलको आधारमा दिने औषधि भए जोखेर दिने गर्नुपर्छ ।

कुनै व्यक्तिले चिकित्सकको सल्लाह बिना औषधिको डोज घटाउने बढाउने अथवा छोड्ने गर्ने गरेको पनि भेटिन्छ तर चिकित्सकको सल्लाह बिना यस्तो गर्नु गलत हो । यसले फाइदा होइन वेफाइदा बढी गरेको पाइन्छ ।

कुनै कारण बिना नै सेवन गरिरहेको औषधि बन्द गर्दा केही असर हुन्छ कि हुँदैन भन्ने बारेमा पनि जानकारी हुनुपर्छ । जस्तै: सुगर, प्रेसर लगायत रोगहरुको औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । चिकित्सकको सल्लाह बिना यो औषधिको डोज घटाउने वा बढाउने गर्नु हुँदैन ।

एउटा औषधि पनि आधा मात्रै भाँचेर खाइरहनु भएको छ भने त्यस्तो औषधि एक दुई दिनपछि खाँदा खासै काम गर्दैन । झोल औषधिमा पनि सिल खोलेपछि एक हप्ता,१५ दिन वा एक महिना मात्रै प्रयोग गर्न सकिन्छ त्यसपछि भने निरन्तर प्रयोग गर्न मिल्दैन । आयुर्वेदिक औषधि सेवन गराउदा हामीले बुझ्नुपर्ने सवैभन्दा महत्वपूर्ण कुरा खानपिनमा विशेष प्रहेज हुनुपर्छ ।

एलोपैथिक औषधि सेवन गराउदा नबारे पनि हुन्छ तर आयुर्वेदिकमा अनिवार्य बार्नुपर्ने प्राब्धान छ । रोगको उपचार गराउदा सर्दि गर्मी र बाथ पित्त कफलाई विषेश ध्यान दिएर २ देखि ३ महिना सेवन गरेमा रोग नष्ट हुनेछ । योग्य आयुर्वेद डाक्टर वैद्य कबिराज र अनुभव प्राप्त व्यक्तिको रेख देखमा औषधि चलाउने गर्नाले राम्रो रिजल्ट पाउन सकिनेछ । आयुर्वेदमा के खाने के नखाने भन्ने कुराको महत्व ठूलो छ ।

आजको लेखको अन्तमा ग्यास्टिकको उत्कृष्ट औषधि दल दिइएको छ ।

१. अभिपत्तिकर चुर्ण एक भाग, त्रिफला चूर्ण एक भाग र हिङ्गबास्टक चुर्ण एक भाग सवै बराबर मिलाउने र एक चमच दिनमा २ पटक खान दिने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !