१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था नाजुक : छोरी गंगाले पोष्ट गरिन् भावुक तस्वीर


यस्ता छन् गंगाले सेयर गरेका सीता दाहालका फोटोहरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अवस्था नाजुक भएको छ । प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक संजाल फेसबुकमा आज राती एउटा स्टाट्स लेख्दै भावुक तस्वीर पोष्ट गर्दै सीताको स्वास्थ्य स्थिति गम्भीर भएको संकेत गरेकी हुन् ।

आज प्रचण्ड र सीताको बिबाहको एनिभर्सरी परेकोमा गंगाले आफ्ना बुबा-आमा एनिभर्सरी दिंदै यस्तो स्टाट्स लेखेकी हुन् । केहि समय अघिदेखि सीताको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ ।

सीताको स्वास्थ्य अवस्था दिनहुँ बिग्रदै गइरहेकाे छ । सिताको अवस्था तस्वीरमा निक्कै सिकिस्त जस्तो देखिएको छ । यसअघि उनलाई उपचारको लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो ।

पहिलो तस्वीरमा सीताको अवस्था नाजुक देखिएको छ । बुबा-आमाको एनिभर्सरी परेकोले छोरीहरु सीता दाहाल र गंगा दाहाल प्रशन्न देखिएका छन् भने प्रचण्ड केहि भावुक देखिएका छन् ।

दोस्रो तस्वीरमा प्रचण्ड, सीता र गंगा र सीता भावुक देखिएका छन् भने उनीहरुका छोरीहरु हर्षित देखिएका छन् । नेपाली राजनीतिमा प्रचण्डले गरेका राम्रा वा नराम्रा जे-जस्ता कामहरुको प्रशंशा वा आलोचना गरेपछि यस्तो अवस्थामा आम नेपाली जनताले मानवताको हिसावले सीता दाहालको शीघ्र स्वास्थ्य लाभको कामना गरौ ।

हामी पनि नेपालपत्र डट कमको तर्फवाट प्रचण्ड पत्नी सीता दाहालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ !

यस्ता छन् गंगाले सेयर गरेका सीता दाहालका फोटोहरु
यस्ता छन् गंगाले सेयर गरेका सीता दाहालका फोटोहरु यस्ता छन् गंगाले सेयर गरेका सीता दाहालका फोटोहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !