८ बैशाख २०८१, शनिबार

मानसिक चिन्ता सवैभन्दा ठूलो रोग हो


मानसिक चिन्ता

हरेक प्राणीको आफ्नै समस्या हुन सक्छ । चिन्ताको कुनै कारण हुदैन । तर पनि मान्छे हरेक समय चिन्तामा डुब्ने गरेको पाइन्छ । चिन्ता त्यस्तो घुन हो जसको असरले मान्छेलाई भित्रदेखि नै समाप्त पार्दै गएको हुन्छ ।

चिन्ता त्यति गरौं जति आवश्यक छ । आवश्यक विनाको चिन्ताले मानिसलाई भित्र-भित्रैदेखि खोक्रो बनाउदै जान थाल्नेछ । आजको लेखमा यिनै विषयमा केन्द्रित रहेर छलफल गर्ने छौं । हरेक मानिस एक हुदैनन् सवैभन्दा पहिले यो कुरा बुझ्न जरूरी देखिन्छ ।

चिन्ताको कारक तत्व केहो यसको मुख्य कारण हटाउन सके मलाई लाग्छ आधा समस्या समाधान भयो । अघिल्लो विश्व युद्धमा त्यति मान्छे मरेनन् जति घरभित्र मरेका थिए यस्तो हुनुको पछाडि मानसिक रोगको कारण बाहिर भन्दा भित्र मरेका थिए ।

वर्तमान अवस्थालाई नियालेर हेर्दा समस्या चाहे ठूलो होस् या सानो होश् हुन्छ नै तर सानो समस्याले आत्तिने गर्दा यसले कसैको हित नगर्ने निश्चित छ । चिन्ता बढ्नुको सवैभन्दा ठूलो जरोकिलो पैसा नै हो भन्दा खासै फरक नहुन सक्छ ।

धन पैसाले मानसिक चिन्ता बढाउन पनि सक्छ कम गर्न पनि सक्छ । आज हरेक घरमा एक जना डिप्रेसनमा डुबेको देखिन्छ । यसले गर्दा सिंगो परिवारमा असर हुन थाल्दछ । टेन्सनले समस्या समाधानको बाटो होइन यसले झन संकटको बाटो निम्ताएको हुन्छ ।

आज हरेक घरमा डिप्रेसन हटाउन प्रयोग हुने लागुऔषध सानो पावरबाट बढाउदै जाँदा कुनै दुई कम्पनीको आौषधि खानुपर्ने बाध्यता हुदै गएको देखिन्छ । यसले समाधान हटाउने होइन झन बढाउने छ । यो रोगको प्रमुख कारणको उपचार गराउन सके स्वत: ठिक हुने देखिन्छ ।

डिप्रेसन नबढोस् भन्नाका लागि निम्न कुरामा ध्यान पुराउन आवश्यक छ :

१. एकलै नबस्ने या नसुत्ने
२. लागुऔषधको कुलतबाट बचाउने
३. उसलाई परेको समस्या के छ बुझ्न प्रयत्न गर्ने
४. यसको समाधान औषधि मात्र होइन भन्ने कुरामा विश्वास दिलाउने
५. खाली समय सैतानको घर हो उसलाई सकेसम्म सानोतिनो व्यवसाय गर्न उक्साउने ।

उपचार

१. यस्ता रोग लागेको मान्छेलाई एभेना सटिभा होम्योपैथीक मदर टिन्चर १५ थोपा थोरै पानीमा राखेर लामो समयसम्म सेवन गराउने ।
२. वायोकेमिक बी-२७ नम्वरको औषधि ४ गोली दिनमा ४ पटक सेवन गराउने ।
३. ३ माना जति घोटताप्रेमा ३ माना जति गाईको घिउ राखेर पकाउने घिउमात्र बाँकी भएमा उतारेर सिसामा राख्ने १ चमच घिउ नित्य दिनमा २ पटक खानामा राखेर खान दिने ।

नोट : यस्ता रोगको सटिक उपचार नभए कालान्तरमा पागल समेत हुन सक्ने भएकाले योग्य डाक्टरको रेख देखमा उपचार गराउने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !