१२ बैशाख २०८१, बुधबार

कालीगण्डकी अस्पताल कावासोती र नारायणी सामुदायिक अस्पताल चितवन मर्ज हुने


कालीगण्डकी अस्पताल कावासोती

चोरमारा । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ मा रहेको कालिगण्डकी अस्पताल मर्ज हुने भएको छ । चितवनको भरतपुरमा रहेको नारायणी सामुदायिक अस्पतालसंग मर्ज गरि थप सेवा सुविधा संचालन गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर छविलाल थापाले जानकारी दिए ।

विरामीको चापलाई मध्यनजर गर्दै तथा आपतकालीन अवस्थाका विरामीलाई पनि चाडै निको बनाउन सहयोग हुने भएकाले थप सुविधासहित मर्ज गर्न लागिएको डाक्टर थापाले बताए । उनले भने यहाँबाट चितवन लैजान समय लाग्ने भएकाले मर्ज गरि त्यहाको सुविधा कावासोतीमै प्रदान गर्न सकेमा विरामीलाई खतराबाट बचाउन सकिन्छ ।

साथै कालीगण्डकी अस्पतालले यहि वैशाख १ गते देखि मर्ज सहित विषशेज्ञ सहितको समेत उपचार गर्ने थापाले बताए । नवलपरासीमा धेरै दुर्घटना हुने र उपचारका लागि पनि जिल्ला बाहिर लैजानु पर्ने भएकाले अब त्यो समस्या पनि हट्ने विश्वास उनले ब्यक्त गरे ।

२०७३ सालदेखि सघन उपचार कक्ष आइसीयुको सेवा सुरु गरेको अस्पतालमा अहिले ५१ बेड क्षमताबाट सेवा दिइरहेको छ । सरकारी अस्पताल बाहेकमा यस अस्पतालले पहिलो पटक सर्पदंशका विरामीको पनि उपचार सुरु गरेको थियो । गर्मीको समयमा हाल पनि दिनहुँ जसो सर्पदंशका विरामी आउने गरेको डाक्टर छबिलाल थापाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !