११ बैशाख २०८१, मंगलबार

रूघा र यसको आयुर्वेदिक सटिक उपचार


रूघा र यसको आयुर्वेदिक सटिक उपचार

मौसम परिवर्तनसँगै रुघा देखापर्छ । रूघालाई भाइरस रोग अन्तर्गत राखिएको छ । यो रोगबाट प्राय:जसो सबैजना परिचित नै छन् । बिश्वमा शायद नै कोहि व्यक्ति यस्तो होला नहोला, जसलाई रूघा नलागेको किन नहोस् । रुघा बिश्वमा सबैभन्दा बढि हुने भाइरसद्वारा फैलने रोगमध्ये एक हो ।

बर्षमा एक-दुई पटक धेरैजसोलाई रुघा लागेकै हुन्छ । प्राय: रुघालाई हामी साधारण सम्झेर बढी ध्यान दिंदैनौ सामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस (पिनास) जस्ता अनेकौ नयाँ रोगको कारण बन्न सक्छ । रुघालाई अंग्रेजी भाषामा कमन कोल्ड भनिन्छ ।

कारण

१. सय कडौ प्रकारका भाइरस छन्, जसमध्ये रानो भाइरसको संक्रमणबाट रुघा लाग्ने गर्दछ । धुलो, धुवाँ, प्रदुषण, बदलिंदो मौसम ईत्यादीबाट एलर्जीका कारण रूघा लाग्ने गर्दछ ।

लक्षणहरु

१. चिसो लाग्नु र हाँक्छ्यु आउनु ।

२. आखाँ रसाउनु तथा नाकबाट पानी बग्नु ।

३. टाउको भारी हुनु वा दुख्नु, नाक बन्द हुनु ।

४. हाँछ्यु आउनु ।

८. टाउको दुख्नु , जिउ दुख्नु , कहिले काही हल्का ज्वरो आउनु ।

रुघा सर्ने तरिका

रुघाबाट पीडित व्यक्तिले हाँक्छ्यु गर्दा या खोक्दा भाइरसयुक्त खकारको सानो थोपा (ड्रपलेट) भुईमा खस्दछ र वातावरणमा फैलिन्छ । स्वस्थ्य व्यक्तिद्वारा श्वास फेर्दा मुखको माध्यमले एवं नाकको सिंगानबाट एक-अर्कामा रुघ फैलिन्छ ।

रूघाबाट कसरी बच्ने र बचाउने ?

बराबर हात धुनु, व्यक्तिगत सर-सफाईमा ध्यान दिनु रुघाबाट बच्ने उतम उपाय मानिन्छ । मुखमा मास्क लगाउनु । भिडभाड हुने ठाउँ जस्तै : सिनेमा हल, आमसभा, मेला आदिमा नाजाने । अन्य ब्यक्तिहरुमा संक्रमण नहोस् भनेर हछ्युँ गर्दा वा नाक सफा गर्दा रुमाल या टिश्यु पेपरको प्रयोग गर्ने ।

उपचार

रूघाको उपचार एलोपैथिकमा छैन भन्दा हुन्छ तर आयुर्वेदिकमा सटिक उपचार छ । आउनुस् उपचार गरेर फाइदा उठाउ ।

१. चित्रक हरितकी १ चमच दिनमा ३ पटक गरम पानीसित खानुहोस् ।

२. पुननर्वाको जराको चूर्ण ३ ग्राम, दुध २५० ग्राम, पानी २५० ग्राम जति मिलाएर पकाउने दूध मात्र बाँकी भएपछि मिश्री २० ग्राम जति मिलाएर पिउनाले रघा छुमन्त्र हुनेछ ।

३. लामो समयसम्म रूघा लाग्नेहरूमा Silicea ले राम्रो फाइदा गर्दछ यो औषधि १२x को ४,४ गोली औषधि दिनमा ४ पटक खानुस् ठिक हुन्छ यो औषधि होम्योपैथीक फार्मेसिमा पाइन्छ ।

४. चार चमच जति खुकुरी रममा एक चमच सुद्ध मह राख्ने र हल्का सहदो गरम पानी एक गिलासमा मिलाएर साँझ खाने रूघा निको हुन्छ ।

नोट : रूघा सन्चो नभएमा डाक्टरको परामर्शमा उपचार गराउने । मैले माथि दिएका फर्मुला हजारौं पटक परिक्षण गरेर लाभ उठाएका छन् । तल्लो ३ नम्बरको औषधि भने जाँड रक्सी खानेहरूको रूघा निको गराउन प्रयोग भएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !