यसरी गरौं जडिबुटीबाट रोगको उपचार Nepalpatra यसरी गरौं जडिबुटीबाट रोगको उपचार
१० कार्तिक २०७८, बुधबार

यसरी गरौं जडिबुटीबाट रोगको उपचार


जडिबुटीबाट रोगको उपचार

रोगको उपचार आयुर्वेदिकबाट गर्नेबारे प्रकाश पार्न गइरहेको छु । हाम्रा वरीपरि रहेका जडिबुटीबाट उपचार गरेर लाभ उठाउन सके ठूलो उपलब्धि हुनेछ । जडिबुटीबाट उपचार गर्दा कुनै साईड इफेक्ट नहुने हुनाले पाठकहरूले फाइदा उठाउनु हुनेछ ।

हाम्रो देशलाई जडिबुटीको खानी भन्दा खासै फरक पर्दैन यहाँ प्रशस्त जडिबुटी हुँदाहुदै पनि हामी विदेशीको साहारामा बाँचेको देखिन्छ । आजको लेखमा केहि जडिबुटीबाट उपचार कसरी गर्ने भन्नेबारे प्रकाश पार्दैछु । जडिबुटीबाट विभिन्न रोगको उपचार यसरी गरौं :

१. दुर्गन्धित श्वास

प्रत्येक खाना वा खाजा खाएपछि मुखमा तुलसीको पात राखेर धेरैबेर खेलाउँदै चपाउने चुस्ने गर्दा स्वास वा मुख गनाउने ठीक हुन्छ । पागल पनि ठिक हुन्छ

२. पागलपन र भुल्ने बानीमा

ताजा घोड्ताप्रेको पात जरा र डाँठलाई खलमा हाली कुट्ने र रसलाई कपडछान गरी ८ माना रसमा गाईको घिउ २ मानामा पकाउने पाक्दा-पाक्दा २ माना घिउ बाकी भएपछि उतारे र ठूलो मुख भएको भाडामा राख्ने । दैनिक बिहान बेलुका १ चमच यो घिउ खान दिने पागल पनि ठिक हुन्छ ।

३. घाँटी बसेमा

एक, दुई पोटी लसुन चपाएर मनतातो पानीमा निलेमा पनि घाँटी बसेको दुई, तीन मात्रामै ठीक हुन्छ ।

४. ज्वरो आएमा

यदि शरीरमा मन्द ज्वरो सधै रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनुहोस्, आधा गिलास भएपछि बिहान खाली पेटमा नियमित खाने गर्नुस्, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ ।

५. पेटमा जुका परेमा

दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्दछन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २\४ दिनमा नै पेटको जुका मर्नेछन् ।

६. पयारिया र गिजाबाट रगत आउने रोग

नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रातभरी राख्ने र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट रगत आउने जस्तो रोगमा निकै फाइदा हुन्छ । यसले गिजा र दाँतलाई एकदम बलियो र स्वास्थ्य बनाउदछ । नीमको डाँठले नित्य दत्युन गर्नाले दाँतभित्र हुने बिभिन्न प्रकारको जीवाणुहरुलाई नष्ट गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मनलाई समेत प्रशन्न बनाउन मदत गर्दछ ।

७. नीमको सेवनले कामशक्ति घटाउन सक्छ

केही दिनसम्म लगातार नीमको पातको सेवन गर्नाले काम शक्ति घटेर जान्छ । धेरै दिनसम्म सेवन गरे नपुंशक समेत बनाई दिन्छ ।

८. अदुवाको प्रयोग गर्भवती महिलामा

विशेषगरी गर्भवती महिलाहरुलाई वाकवाकी लाग्दा यसको अत्यधिक उपयोग हुन्छ । अदुवाको उपयोगबारे केही महिनाअगाडि गर्भवती महिलामाथि गरिएका १२ अध्ययनमा अदुवाको उपयोग पुष्टि भएको छ । अध्ययनमा बढीमा १ दशमलब ५ ग्राम दैनिक अदुवा खाएका गर्भवती महिला वाकवाकी, टाउको दुखाई, रिंगटा जस्ता ‘मर्निङ सिकनेस’का समस्याबाट धेरै हदसम्म छुट्कारा पाउने देखिएको थियो ।

९. महिनाबारी हुँदा पेट दुख्ने समस्या

महिलालाई महिनाबारी हुँदा पेट दुख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ । रजस्वला हुँदाको पहिलो तीन दिन पेट दुःखाईको पिडाबाट बच्न हरेक दिन १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ ।

१०. मुटु पोल्न कम गर्छ

खाना खाएको २० मिनेटपछि एक कप अदुवापानी पिउनुहोस् । यसले शरिरमा एसिडको मात्रा कन्ट्रोल गर्छ र मुटु पोल्ने समस्या कम हुन्छ ।

११. असुराको तेल

असुराको पातको रस निकाल्नुहोस् र त्यो रसमा तिलको तेल राखेर पकाउनुहोस् र सितल भएपछि छानेर सिसिमा राख्नुहोस् । यो तेलले मालीस गर्नुपर्छ आमवात, हातखट्टा वाउटिने या फर्कने भए निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !