७ बैशाख २०८१, शुक्रबार

रूघाखोकी लाग्दैमा कोरोना हुन्छ भन्नु गलत हो


रूघाको उपचार

रूघा खोकीलाई हामीले सानो रूपमा लिने गर्दछौं । तर अहिले यही रूघाले बिकराल रूप लेला भन्ने कसैले कल्पना समेत गरेका थिएनन् । रूघा लाग्दा हाछिउँ आउनु स्वाभाविक प्रक्रिया हो तर अहिले हाछिउँ गर्दा सिङ्गो समाज तर्सन्छ । जब-जब कुनै रोगको सहि उपचार हुन छोड्छ तब-तब त्यस्ता रोगलाई एलोपैथिक विज्ञानले नयाँ नयाँ नामाकरण दिनछन् अहिले सामान्य रूघालाई कोरोना भाइरस नामाकरण गरिएको छ ।

सामान्यतया वर्षमा एकपटक हरेकलाई रूघा लाग्छ । प्रकृतिले रूघाको माध्यमबाट शिरमा भएको फोहर फाल्ने माध्यम रूघालाई बनाएको हुन्छ । ज्वरो आउनु कुनै रोग होइन तर बाहिरी किटाणुहरू जब भित्र प्रबेश गर्न थाल्दछ तब स्वस्थ शरिरमा लक्षणको रूपमा ज्वरो देखिन थाल्दछ । रूघा लाग्दैमा तर्सि हाल्नुपर्छ भन्ने होइन तर रूघाको उपचार भने गराई हाल्नु पर्छ ।

हर्बल उपचारमा अदुवा, तुलसी, असुरो, गिलोय जस्ता जडिबुटी र तातोपानी जस्ता पेय पदार्थबाट उपचार गर्ने सल्लाह दिएको हुन्छ । तर यसो नगरी हामीले रूघालाई दवाउने प्रयत्न गर्छौ भने यसले मस्तिष्कमा ठूलो असर हुने र कालान्तरमा निमोनिया, दम खोकी जस्ता दिर्घकालीन रोग निम्त्याउने गरेको हुन्छ ।

रूघाको औषधि एलोपैथिक छैन भन्दा हुन्छ । केहि औषधि छन् तर यस्ता औषधि सेवन गर्दा रोग ठिक हुनुको साटो झन बढ्ने हुन्छ । यस्ता रोगबाट बच्न हामीले खानपान र चिसो प्यपदार्थ नखानु राम्रो हुनेछ । हाल एलोपैथिकमा राम्रो भाइरसको कुनैपनि औषधि बनेको छैन तर गलत औषधिको प्रयोग भए ज्यान समेत जान सक्छ ।

प्रकृतिको देनलाई जब हामी नजर अन्दाज गर्छौं तब-तब हामीले दु:ख र पिडा भोग्न थाल्छौं । आज हामीले एउटा कुरा बुझ्न आवश्यक छ त्यो हो खानपिनको लापरबाही । एउटा होटल व्यवसायीले आफ्नो होटलमा बनाएको खाना खान्न तर यसले नागरिकलाई शुद्ध खान भन्दै खुवाउने गरेको हुन्छ ।

चोरले चोर्न सिकाउछ भने ठग्ले ठग्न सिकाउछ । साथी सहि छ भने उसले सहि बाटोमा हिडाल्न मद्दत गरेको हुन्छ । आज हामीले स्वास्थ्यमा नजर अन्दाज गर्दा महँगो उपचार गर्न बाध्य भएका घटना यहाँ दिई रहनुपर्ला जस्तो लाग्दैन ।

साथीहरू समसामयिक विषयमा हामी केहि अगाडि बढेका रहेछौं आउनुस आज रूघाको घरेलु औषधिबाट उपचार कसरी गर्ने जानकारी प्राप्त गरौं । आजकाल हामीले आफ्नो भान्सामा भएका औषधिबाट उपचार कसरि गर्ने भन्ने जानकारी प्राप्त गर्न सक्ने छौं ।

रूघा खोकीको औषधि बनाउने तरिका एकाइसौं शप्ताब्दिमा गुगलको पानाबाट या युट्यबबाट पनि चिया बनाउनेदेखि औषधि बनाउने ज्ञानसम्म प्राप्त गर्न सक्छौं । आजको लेख भने अन्यत्र नपाइने खालको लेख यहाँ पस्कन गइरहेको छु ।

रूघाको औषधि बनाउने तरिका

१. पुननर्वाको जराको चुर्ण ३ ग्राममा २५० ग्राम दुध र २५० ग्राम जति पानी राखेर उमाल्ने र पाक्दा पाक्दा दूध मात्र बाँकी रहेपछि २० ग्राम जति मिस्रि मिलायर पिउनाले यो रोग ठिक हुन्छ ।

२. गाउँ घरमा यसको बारको रूपमा लगाइएको असुरो यो अत्यन्त पौष्टिक हुन्छ । यसको पात ल्याएर पकाउनुहोस् । थोरै अदुवा पानी राखेर काढा तयार गर्नुस् र २ देखि ३ चमचसम्म यो काढामा मह एक चमच राखेर दुई पटक सेवन गर्नाले रूघा छु मन्त्र हुनेछ ।

३.थोरै अदुवा.तुलसी पात.मरिच.ज्वानो र सिधेनुन राखेको काढा बनायर सेवन गर्दा पनि रूघा निको हुन्छ।

४. साधा चियामा तुलसी पत्र मात्र राखेर दैनिक सेवन गर्नाले पनि रूघा निको हुन्छ ।

५. खुकुरी रम ल्याउनुहोस् र एक गिलास गरम पानीमा १० देखि १५ मिली रम र मह मिलाउनुहोस् र साझ खानुहोस् र आराम गर्नु यसले पनि रूघा च्वाट बनाउदछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !