४ बैशाख २०८१, मंगलबार

निन्द्रा नलाग्नुको कारणहरु


insomnia

मानिसको जीवनमा निन्द्रालाई पनि आधारभूत आवश्यकतामध्ये एक मानिन्छ । एउटा स्वस्थ जीवनका लागि आवश्यकता अनुसारको निन्द्रा चाहिन्छ । दैनिक प्रत्येक व्यक्तिले यति घण्टा नै सुत्नुपर्छ भन्ने हुँदैन । वयष्क मानिसले भने ६ देखि ८ घण्टा हुनुपर्छ । तर निन्द्रा नलाग्ने भन्ने कुरालाई हामीले समय तालिकालाई मात्र हेर्नु हुँदैन । कसैलाई निन्द्रा पर्न गाह्रो हुन्छ भने कसैलाई पातलो निन्द्रा पर्ने अथवा पटक–पटक बिउँझिराख्ने र कसैलाई चाहिँछिटो बिउँझिने हुन्छ । निन्द्रा मान्छेको ६ देखि ८ घण्टा हुँदा एउटा साइकलमा जाने हुन्छ ।

वैज्ञानिकहरूले निन्द्रालाई मानिसको ब्रेनको ‘इलेक्ट्रो इन्टिग्रल जियोग्राफी’ भनेका छन् । जसरी मुटुकोइलेक्ट्रिकल एक्टिभिटि हुन्छ, त्यस्तै ब्रेनको पनि हुन्छ । सामान्यतयाः निन्द्रालाई निन्द्रा र गहिरो निन्द्रा भनिन्छ । मेडिकल भाषामा यसलाई लाइट स्लिप र डिप स्लिप भनिन्छ ।

निन्द्रा नलाग्नुका कारणहरु
१. राती अबेरसम्म मोबाईल प्रयोग गर्नाले पनि निन्द्रा नलाग्न सक्छ । किनकी यसी अबेरसम्म मोबाईल चलाईरहँदा शरीरमा मेलाटोनिन स्लिप हर्मोनको लेवल कम हुनसक्छ । यही कारण हामीलाई सजिलै निन्द्रा लाग्दैन् । यसले शरीरमा कार्टिसोल हर्मोन पनि बन्छ ।
२. सुत्नुअघि हाम्रो शरीरको तापक्रम घटबढ भईरहन्छ । यस समयमा शरीरको तापक्रम धेरै भयो भने हामीलाई गर्मी भएर निन्द्रा लाग्दैन ।
३. बिहान एक्सरसाइज गर्नाले हामी दिनभर फूर्तिलो रहन्छौ । तर, यदी हामीले सुत्नुभन्दा अघि पनि एक्सरसाईज गर्यौँ भने हाम्रो शक्ति बढ्छ । यसकारण पनि निन्द्रा लाग्दैन ।
४. धेरै अल्कोहलको सेवनले भने छिटो निन्द्रा लाग्न सक्छ । तर, यसको कारणले हाम्रो निन्द्रा बीचमा टुट्न पनि सक्छ । यही कारण हाम्रो निन्द्रा नपुग्न सक्छ । त्यसकारण सुत्नुभन्दा अघि अल्कोहल धेरै सेवन गर्नु हुँदैन ।
५. दिनमा २० मिनेट सुत्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । यसले शरीरमा शक्ति प्राप्त हुन्छ । तर, दिउँसो १ घण्टा भन्दा बढी सुत्यो भने निन्द्रा नलाग्ने समस्या हुन सक्छ ।
६. राती १० देखि ६ बजेको बिचमा हामीलाई गहिरो निन्द्रा लाग्छ । तर, यदि हामी यही बिचमा ढिलो सुत्यौ भने निन्द्रा चक्र डिस्टर्ब हुन्छ ।
७. यदि हाम्रो बेडरुममा सामान लथालिङग छ भने पनि हामीलाई निन्द्रा लाग्दैन । जसका कारण हामी बिहान फ्रेस हुन सक्दैनौँ ।
८. हामीले पेट खाली राखेर र सुत्यौि निन्द्रा लाग्दैन् । जसका कारण हाम्रो निन्द्रा बीचमा टुट्छ । यसले गर्दा हाम्रो निन्द्रा पूरा हुदैन् ।
९. उमेरसँगै शरीरमा हार्मोनल चेन्ज हुनु स्वभाविक हो । यहि हार्मोनमा भएको परिवर्तनका कारण एस्ट्रोजन र प्रोनेस्टेरोन हर्मोनको लेवल बढ्छ । यसले गर्दा पनि हामीलाई निन्द्रा नलाग्न सक्छ ।
१०.  नयाँ जागिर पायो, घटना घट्यो, कुनै नराम्रो चिज देख्यो भने पनि निन्द्रा लाग्दैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !