१३ बैशाख २०८१, बिहिबार

रोग लाग्नुको पछाडि ठूलो भूमिका छ रगतको


रगतको कमी

मानिसलाई रोग लाग्नुको प्रमुख कारण भनेको रगतको कमीलाई मान्नुपर्छ । हामी चढ्ने गाडीमा तेल नपुगेमा गाडी चल्न छोड्ने छ यो त हरेकलाई थाहा भएको कुरा हो ।

शरीरमा रगतको कमी भएमा आलस्य हुने, काम गर्न जाँगर नलाग्ने जस्ता समस्या देखिन सक्छ । यस्तो समस्या देखिएमा अनेकौं रोगले शरिरमा आक्रमण गर्न थाल्नेछ ।

यस्तो समस्या समयमा हल गर्न सके रोग लाग्नबाट हामी बच्ने छौं । रोगको कारण रगतको कमिलाई हामीले लिएका छौं अब शरिरमा रगत पुर्याउने माध्यमतर्फ लागौं । रगत भनेकै जीवन हो रगत बन्ने प्रक्रियातर्फ हामीले ध्यान पुर्याउन सक्नुपर्छ ।

त्यसका लागि हामीलाई प्रकृतिले उखुबाट बनाएको गुड बजारमा प्रशस्त दिएको तर यसको सेवनले रगत बढ्ने कुरा अधिकांशलाई थाहा नभएको हुन सक्छ ।

गुड रगत पैदा गर्ने प्रमुख स्रोत हो यसलाई कसरी खाने भन्ने कुरा जान्न आवश्यक छ । हामीले गुडलाई सामान्य रूपमा हेर्ने गरेका छौं । गुडलाई दैनिक मनतातो पानीसँग या दूधसंग खाने गर्नुहोस् नसोचेको फाइदा पाउनु हुनेछ ।

कृतिम आइरन सेवन गर्दा क्षणिक फाइदा हुनसक्ला तर दिर्घकालिन नहुन सक्छ । हामीले हमेसा आफ्नो स्वास्थ्यलाई ठिक बनाउने कुरामा राम्रोसँग ध्यान दिन सक्नुपर्छ ।

बढ्दो शहरीकरण र प्रदुषणले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पारेको छ भने हामीले खाने खानामा पनि विषादीको प्रयोगले गर्दा हामी रोगको दलदलमा फस्दै गएका छौं ।

धुलोको प्रभावलाई समेत गुडले हटाउनुको साथै स्वास्थ्यमा राम्रो सुधार गर्दै जानेछ । गुडको अर्को विषेशता भनेको पाचन र कब्जियतलाई समेत हटायर रोग लाग्न सक्ने कमजोर शरीरमा रगतरूपी उर्जा थपेर शरीरमा इम्यनो सिस्टम बलियो बनाउदै जानेछ ।

कृतिम रगत पैदा गराउने खालको औषधि होइन दिर्घकालिन फाइदा हुने खालको औषधि सेवन गरौं भन्ने हाम्रो राय छ । हामीले खाने हरेक बस्तु कृतिम होइन प्राकृतिक हुनुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !