११ बैशाख २०८१, मंगलबार

के हो हृदयघात ? यसका लक्षणहरु र बच्ने उपायहरु


heart attack

मुटुमा रगतप्रभाह गर्ने धमनीहरुमा क्याल्सियम, प्रोटिन तथा बोसो जम्मा भयो भने धमनीहरु सानो हुँदै जान्छन् र यदि त्यस्ता चिजहरुको मात्रा धेरै भयो भने धमनीहरु थुनिन सक्छन् । थुनिएको अवस्थामा मुटुको कोशिकाहरुमा अक्सिजनको प्रवाह हुँदैन र कोशिकाहरु मर्दैजान्छन्। यस्तो अवस्थालाई हृदयघात भनिन्छ ।

हृदयघातका लक्षणहरु:
१. छाती दुख्नु, गह्रुंगो हुनु र पाखुरा दुख्नु
२. बिस्तारै ढाड, चिउँडो र घाँटी दुख्नु
३. पेट गढबढ भएको र मुटु जलेको महशुस हुनु
४. पसिना आउनु, वान्ता हुनु तथा रिंगटा लाग्नु
५. धेरै कमजोर भएको महशुस हुनु, उकुसमुकुस हुनु तथा स्वासप्रश्वासमा कमी आउनु
६. मुटुको धड्कन अनियमित हुनु

यस्तो अवस्था ३० मिनेट अथवा त्यो भन्दाबढी समयसम्म रहनसक्छ। कसैकसैलाई बिना कुनै लक्षण हृदयघात हुनसक्छ ।

यसबाट बच्ने उपायहरु:
यस्ता लक्षणहरु देखापरेको १/२ घण्टाभित्रमै अस्पताल गएर धमनी खुलाउने काम गर्नुपर्दछ। केही उपाय लागेन भने Aspirin खान सकिन्छ । Aspirin ले धमनीमा रगत जम्मा हुन दिदैन तर कसैकसैलाई Aspirin ले झन् असर गर्न सक्ने हुनाले डाक्टरको उचित परामर्श चाहिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !