७ बैशाख २०८१, शुक्रबार

साना बच्चाहरुका लागि चाहिने पौष्टिक आहार


Tara Paudel
तारा पौडेल
नयाँ नयाँ माता-पिता यो कुराबाट हैरान हुने गर्दछन् कि आफ्ना बच्चाहरुलाई के कसरी र कति मात्रामा पौष्टिक आहार खुवाउनु पर्दछ भनेर । यो काम त्यति सजिलो पनि होइन । आफ्ना शिशुहरुको रोग प्रतिरोध क्षमता वृद्धि र उनीहरुको हुर्कंदो उमेरको लागि नयाँ माता-पिताले यस कुराको जानकारी लिनु आवस्यक छ ।
१. प्याज :
onion

आफ्नो शिशुको खानामा प्याजका स-साना टुक्राहरु मिलाएर खुवाउन सकिन्छ, त्यसबाट केही इन्फेक्सन हुँदैन र यसमा एन्टी-ब्याक्टेरिअल् गुण हुनाले इन्फेक्सन देखि टाढा राख्ने काम गर्दछ ।

२. पालक :

पालकमा धेरै मात्रामा आइरन हुनाले यसले बच्चाहरुको शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ, त्यसैले बढ्दो उमेरका आफ्ना शिशुहरुका लागि पालक एक महत्वपूर्ण पोषण तत्व हो ।

३. अण्डा :

आफ्ना शिशुहरुको खानामा अण्डाको मात्रा मिलाएर खुवाउँदा प्रोटिन भरपूर मात्रामा पाइन्छ र यसले इनर्जी पनि दिने काम गर्छ ।

४. ओट्स :

आफ्ना शिशुहरुलाई ओट्स नियमित रूपमा खुवाउँदा यसमा प्रोटिन,फाइबर र कार्बोहाइड्रेट जस्ता धेरै तत्वहरु पाइन्छन्, जसले बच्चाहरुलाई भरपूर मात्रामा इनर्जी दिने काम गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !