७ बैशाख २०८१, शुक्रबार

देशभरका नर्स पुर्नवहालीको माग गर्दै आन्दोलनमा उत्रिए


nurs

२८ पुस, काठमाण्डौ । मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको पुर्नवहालीको माग गर्दै आन्दोलनमा उत्रेका देशभरका नर्सहरुले आज एक घण्टा काम छाडेका छन् । ११ बुँदे माग राख्दै विहान १० देखि ११ बजेसम्म देशभरका नर्सिङ सेवा ठप्प पारेका छन् ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले तीनजना नर्स सहित सात जनालाई कामवाट निस्काशन गरेपछि नेपाल नर्सिङ्ग संघको आवहानमा देशभरका नर्सहरुले वुधवारवाट आन्दोलन सुरु गरेका थिए । उनीहरुले आइतबारसम्म प्रत्येक दिन १० बजेदेखि ११ बजेसम्म सेवा ठप्प पार्ने जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !