७ बैशाख २०८१, शुक्रबार

चिसोले गर्दा एक बालकको मृत्यु


baby

२७ पुस, महोत्तरी । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीन वर्षीय बालकको मृत्यु भएको छ । मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा तीन वर्षीय मोहित ठाकुर रहेको मृतकका हजुरआमा प्रेमा देवीले बताइन् ।

चिसो लागेर बिरामी भएका बालक ठाकुरलाई परिवारजनले तत्कालै भारत बिहारको सीतामढी जिल्लाको पुपरी लगेर उपचार गराएका थिए । सञ्चो नभएपछि भारतकै सिमरीमा थप उपचारका लागि लगिएको र त्यहीँको उपचार चलिरहेकै बेला बुधबार पुनः अत्यधिक चिसोले उनको श्वासप्रश्वास अवरुद्ध भएर घरमै मृत्यु भएको उनकी हजुरआमा प्रेमा देवीले बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !