८ बैशाख २०८१, शनिबार

शरीरमा जम्मा भएका विकारयुक्त पदार्थलाई हटाउने तरिका


ways to remove toxin from body शरीरमा जम्मा भएका विकारयुक्त पदार्थलाई हटाउने तरिका
Ram-Thakuri
राम ठकुरी

आजको युगमा बढ्दो वातावरणीय प्रदूषण र बिषादि प्रयोग गरिएको फलफुल र तरकारी अन्य विभिन्न  प्रकरका खाद्य पदार्थहरुको सेवन मार्फत हाम्रो शरीरमा हानिकारक रसायन प्रबेश गर्दछन । कतिपय रसायनहरू छिटै शरीरबाट निष्कासन हुँदैनन र ती रसायनहरू शरीरका विभिन्न अंग हरुमा भण्डार भएर रहन्छन । अधिकांश यस्ता रसायनहरूले शरीरमा क्यान्सर लगायत अन्य जटिल समस्या उत्पन्न हुन सक्छ ।

 

यी रसायनहरुलाई कसरी हटाउने त ?

प्रशस्त पानी पिउने

यस्ता रसायनहरुलाई हटाउनको लागि प्रशस्त पानी पिउने गर्नुपर्दछ । पानी अत्यन्तै उपयोगी घोलक पदार्थ हो । यसले धेरैजसो बिकारहरुलाई शरीरबाट घुलाएर पसिना र पिशाव मार्फत निकाल्न सहयोग गर्दछ ।

फलफुल र तरकारीको सेवन

फलफुल र तरकारीमा हाम्रो शरीरलाई फाइदा गर्ने धेरै प्रकारका रसायनहरू हुन्छन । जसमध्ये अत्यन्तै उपयोगी प्रकारको रसायन एन्टीअक्सिडेन्टले शरीरबाट अनावश्यक रसायन निकाली क्यान्सर हुनबाट बचाउछ ।

शरीरवाट पसिना निस्कने गरी ब्यायाम गर्ने

यसो गरेमा शरिरमा जम्मा भएका  हानिकारक रसायनहरु पसिनासंगै बाहिर निस्कन्छ ।

स्टीम बाथ लिने

पुरा शरीरको स्टिम वाथ बेला बेलामा लिएमा पनि रौँ छिद्र खुलाई पसिनासंगै बिकारहरु बाहिर निकाल्न सकिन्छ । लागुऔषध दुर्व्यसनीहरुलाई सुधार केन्द्रमा राखी उपचार गर्ने क्रममा धेरै पटक पुरा शरीरलाई स्टिम वाथ दिईन्छ ताकि हानीकारक रसायन शरीरबाट पसिनासंगै निस्कियोस ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका राम ठकुरी नेपालपत्रका सह-सम्पादक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !