८ बैशाख २०८१, शनिबार

के हो हाइपोथर्मिया? अत्याधिक चिसोमा कसरी बच्ने हाइपोथर्मिया वाट ?


Bharat Bhandari
भरत भण्डारी
के हो हाइपोथर्मिया? जाडोमा यस्बाट कसरी बच्ने ?
शरिरको आन्तरिक तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेन्हाइट) भन्दा कम हुनुलाइ हाइपोथर्मिया भनीन्छ। साधारणतया सामान्य मानिसको शरिरको आन्तरिक तापक्रम ३६.६ देखी ३७.७ डेग्री सेन्टिग्रेड (९८-१०० डिग्री फरेन्हाइट) हुने गर्दछ ।
हाइपोथर्मियाले मुटु र स्नायु प्रणालीले राम्रो सङ्ग काम गर्न सक्दैन। मुटु र स्नायुले काम नगरेपछी मुटुको समस्या, श्वास्प्रश्वासको समस्या तथा बेहोस हुने आदी हुन जान्छ र अन्तमा बिरामीको मृत्यु समेत हुनसक्छ। पछिल्लो समय नेपालको बिभिन्न भागमा बढेको चिसोलेगर्दा हाइपोथर्मियाका बिरामी बढेका छन् भने त्यसैको कारणले मृत्यु हुनेको संख्या पनि बढेको छ ।

के ले गराउँछ हाइपोथर्मिया ?
शरिरको तापक्रम सन्तुलित रहन शरिरले लिने ताप र गुमाउने ताप सन्तुलित हुनुपर्दछ। शरिरमा हुने बिभिन्न रसायनिक प्रतिकृयाहरुले शरिरमा ताप उत्पादन गर्न सहयोग गर्दछ । मष्तिश्कले बिभिन्न प्रकृयाहरुबाट ताप प्राप्त गर्दछ। यदी शरिरले ताप प्राप्त गर्ने प्रकृया कम भयोभने ताप गुमाउने दर बढ्दछ।जस्ले गर्दा शरिरको तापक्रम कम हुन जान्छ।

मानव शरिरले कसरी ताप गुमाउँदछ त ?

– बिभिन्न बिकिरण हरुको माध्यम बाट झण्डै ५५-६५ % ताप बाहिरी वतावरणमा गुमाउँदछ ।
– २ देखी ३% हामिले केही चिसो कुरामा छुँदा सरेर जान्छ। यदी चिसो पानिमा नुहाइयो भने यस्को मात्रा ५०% सम्म पुग्दछ। जाडोमा चिसो पानीमा
नुहाउँदा हाम्रो शरिरको ४०-५०% ताप पानिमा सरेर जान्छ ।
– हामिले लिएको श्वासलाइ तताउन झण्डै १० % ताप खर्च हुन्छ।
-छाला र फोक्सोबाट इभ्यापोरेसन हुँदा झण्डै २०-२७ % ताप शरिरबाट बाहिरिन्छ ।
अत्याधिक जाडोमा शरिरले माथिका प्रकृया द्वारा ताप गुमाइरहन्छ तर ताप उत्पादन गर्न सक्दैन। जस्ले गर्दा एक्कासी शरिरले ताप गुमाउने दर बढ्छ ।
बालकहरुको शरिरको तौल भन्दा क्षेत्रफल बढी हुने हुनाले छिटो ताप गुमाउछन्। बाच्चा र बृद्दाहरुलाइ हाइपोथर्मिया हुने सम्भावना बढी देखिन्छ।

हाइपोथर्मियाका लक्षणहरु
१ शरिर काँप्नु
२ बोल्दा श्वर काँप्नु
३ श्वासप्रश्वास सुस्त हुनु
४ पल्सको रेट कम हुनु
५ शरिरमा शक्ती कम हुनु, कमजोर अनुभुती हुनु
६ स्मरण शक्ती कम हुँदै जानु
७ अचेत हुनु
८ शरिर चिसो हुनु

कसरी बच्ने त यसबाट ?
-सकभर अत्याधिक चिसोको बेलामा घरभित्रै बस्ने
– भित्र न्यानो कपडा लगाउने, बाहिरा हावा छेक्ने कपडा लागाउने
– चिसोमा टाउको खाली राखेर नहिँड्ने
-हातमा पज्ना लागाउने
-चिसो पानीमा ननुहाउने
-हल्का ब्यायाम गर्ने जस्ले गर्दा शरिरलाइ ताप उत्पादनमा सहयोग पुर्याउँछ
– तातो पानी, सुप आदी पिउने
-नुन पानी पिउने तथा कफी पिउने
-लामो समय पानीमा काम नगर्ने
-अत्याधिक चिसोमा मज्जाले हाँस्ने, कराउने आदी गर्नाले शरिरलाइ ताप प्रबाह गर्न सहज हुन्छ
-हिटर अथवा आगोको प्रयोग गर्ने
-बढी जाडोमा शरिरको तापक्रम कम भएको अनुभव भएमा साथिहरु एक-अर्कामा टाँसिएर बस्ने, अंकमाल गरी बस्ने गर्न सकिन्छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !